बडीमालिका रामारोशन संरक्षण क्षेत्र घोषणा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बाजुरा र अछाम जिल्लाको भूभाग समेटेर बडीमालिका रामारोशन वन संरक्षण क्षेत्र घोषणा गरेको छ ।

बडीमालिका धार्मिक विशेष क्षेत्र हो भने रामारोशन जैविक विविधताले भरिपूर्ण र पर्यटकीय क्षेत्र हो ।


प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले एक विशेष समारोहका बिच बुधबार बाजुरा जिल्लाको बडीमालिका क्षेत्र र अछाम जिल्लाको रामारोशन क्षेत्रलाई समेटिने गरि बडीमालिका रामारोशन वन संरक्षण क्षेत्र घोषणा गरेका छन् ।


धनगढीमा एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश वन ऐन २०७७ को दफा २६ बमोजिम बाजुरा जिल्लाको बडीमालिका क्षेत्र र अछाम जिल्लाको रामारोशन क्षेत्र समेटिने गरि बडीमालिका रामारोशन वन संरक्षण क्षेत्र घोषणा गरिएको हो ।


मुख्यमन्त्री शाहको अध्यक्षतामा साउन १९ गतेको बसेको मन्त्री परिषद्‌को बैठकले सो क्षेत्रलाई वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।


बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाको वडा नं ५, ६,७ र ८, बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकाको वडा नं ५,६,७ र ९, अछाम जिल्लाको मेल्लेख गाउँपालिकाको वडा नं १ र २, तथा अछाम जिल्लाकै रामारोशन गाउँपालिकाको वडा नं ४,५ र ६ सहितको जम्मा ४९८.४ वर्ग किमी क्षेत्र समावेस गरिएको छ ।


यो क्षेत्रको संरक्षणमा राष्टिय प्रकृति संरक्षण कोषले केही समययता बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । बडीमालिका धार्मिक विशेष क्षेत्र हो भने रामारोशन जैविक विविधताले भरिपूर्ण र पर्यटकीय क्षेत्र हो ।

यी दुइवटै क्षेत्रलाई समेटेर संरक्षण र धार्मिक पर्यापर्यटन विकास गर्न सहज होस भन्ने उद्देश्यका साथ प्रदेश सरकारले घोषणा गरेको हो । खप्तड, बडीमालिका रामारोशनलाई पर्यटकीय सर्किट बनाउन सके सम्पदा संरक्षणको साथसाथै सुदूरपश्चिम प्रदेशको पर्यटकीय विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here