वन सम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ । भावी दिनमा वन विषयक तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारबाट काठमाडौँमा सुरु भएको छ ।


त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानको ५४ औँ वार्षिकोत्सवमा अवसरमा आयोजित आइओएफ अन्तर्राष्ट्रिय सम्मेलन संस्थानको बल्खुस्थित हलमा सुरु भएको छ ।

वन विज्ञानको क्षेत्रलाई आगामी दिनमा कसरी लैजाने भन्ने सकारात्मक, रचनात्मक सन्देश प्रवाह गर्ने अपेक्षा राखिएको


सम्मेलनमा नेपाल सहित विश्वका बिभिन्न १३ वटा मुलुकका वन विज्ञानसँग सम्बन्धित अध्येता, अनुसन्धानकर्ता, नीति निर्माण तहमा काम गर्ने अधिकारी, विश्व विद्यालयका प्राध्यापक, विद्यार्थीहरुको सहभागिता रहेको छ ।


सम्मेलनमा भारत, श्रीलंका, बंगालादेश, पाकिस्तान, क्यानडा, अमेरिका, अष्टे«लिया, ूस्वीडेन, जर्मन लगायतका मुलुकका सहभागीहरुले भाग लिइरहेका छन् ।


वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डा. राजेश राईका अनुसार कुल सहभागीको संख्या ३०० जना रहेका छन् भने सम्मेलन अवधिभर एक सय वटा कार्यपत्र प्रस्तुत गरिने भएका छन् । ती कार्यपत्रमाथि अध्येता, अनुसन्धानकर्ता, नीति निर्माण तहमा बसेर काम गरेका विज्ञहरुले छलफल टिप्पणी गर्ने कार्यक्रम रहेको छ ।


डा. राईका अनुसार उच्च हिमाली क्षेत्रको अर्थतन्त्र, पशुपालन र भावी दिशा, दक्षिण एसियाली मुलुकहरुमा वन्यजन्तुको अवैध व्यापार र प्रवृति तथा वन विज्ञानमा एआईको प्रयोग बारे मुख्य तीन वटा कार्यपत्र प्रस्तुत गरिने भएका छन् ।


तीन दिनसम्म वन, वातावरण, जलवायु परिवर्तन, वन्यजन्तु, लगायतका विषयमा २५ वटा छुट्टा छुुट्टै शत्रहरु चल्ने छन् ।
सम्मेलनमा बिभिन्न मुलुकले वन विज्ञानका विषयमा लिइएका नीति, रणनीति, कार्यनीति, योजना, अध्ययन अनुसन्धान लगायतका विषयमा बढी चर्चा हुने भएकाले वन विज्ञानको क्षेत्रलाई आगामी दिनमा कसरी लैजाने भन्ने सकारात्मक, रचनात्मक सन्देश प्रवाह गर्ने अपेक्षा राखिएको डा. राईले जानकारी दिए ।


शुक्रबारको उद्घाटन कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राडा भोला थापाले वनको दीगो विकास बिना मुलुकको दीगो विकास हुन नसक्ने भएकाले वन विज्ञानका अध्येता, अनुसन्धानकर्ता ज्यादै सम्वेदशिल हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here