काठमाडौँ । नेपालको जलविद्युत् विकासमा थप खुसीको खवर सार्वजनिक भएको छ ।
४४० मेगावाट उत्पादन क्षमताको तिला १ जलविद्युत् आयोजनको वित्तीय व्यवस्थापनको टुंगो लागेको छ । यसलाई नेपालको जलविद्युत् विकासमा निजी क्षेत्रको महत्वपूर्ण कदम मानिएको छ ।
निजी क्षेत्र र नेपाली बैंक तथा वित्तीय संस्थाको नेतृत्वमा ४४० मेगावाट क्षमताको आयोजनामा लगानी जुट्नुले नेपालको ऊर्जा क्षेत्रमा बढ्दो लगानी क्षमता र विश्वासलाई देखाउँछ।
यो कामले पछिल्ला दिनमा नेपालमा लगानीको वातावरण बन्दै गएको महसुस गरिएको छ ।






































