राजविराज । आकाशे पानीको भरमा खेतीपाती गर्दै आएका सप्तरीको विभिन्न १८ जना किसानको लागि व्यक्तिगत सौर्य सिंचाइँ प्रणाली जडान गरिएको छ ।
सिंचाइँ मन्त्रालयले जिल्लाको बोदेबरसाइन नगरपालिकामा १३, बलानबिहुल गाउँपालिकामा दुई, खडक नगरपालिकामा एक र डाक्नेश्वरी नगरपालिकामा दुई जना गरी १८ जना किसानलाई व्यक्तिगत सौर्य सिंचाइँ प्रणाली जडान गरिएको इन्जिनियर धनकिशोर साहले जानकारी दिनुभयो । यस अन्तर्गत प्रति किसानलाई दुई एचपी क्षमताको मोटर एक थान, दुई हजार दुई सय क्षमताका १५ वटा सौर्यपत्ता लगायतको सामग्री प्रदान गरिएको इन्जिनियर साहले जानकारी दिनुभयो ।
इन्जिनियर साहको अथक प्रयासमा जडान गरिएको यस प्रणालीले एक दिनमा दुई बिघा खेत सिंचाइँ हुने भएकाले किसानलाई खेतीपाती गर्न निकै फाइदा पुगेको बताइएको छ । बोदेबरसाइनका राजेन्द्रप्रसाद साह, सोनियादेवी साह, सतनीदेवी, दिपेन्द्र साह, चन्द्रनारायण साह, बौवालाल यादव, जनारधन मैरता, सागरवती यादव, दानालाल साह, प्रमिला यादव, जोगिन्द्र मण्डल, रामउदगार यादव, दुलिचन्द साह, बलानबिहुल गाउँपालिकामा भरथ यादव, दुली साह, खडकमा शिवनारायण साह, डाक्नेश्वरीमा हरिनारायण साह र सन्तलाल गामीलाई सो प्रणाली जडान गरिएको छ । जडान गरिएको सौर्य सिंचाइँ प्रणाली एक समारोहबीच हस्तान्तरण गरी शुभारम्भ गरिएको छ ।