‘भेरी बबई आयोजना कर्णालीको हितमा छैन’

सुर्खेत । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन आयोजना कर्णाली प्रदेशको हितमा नभएको बताउनुभएको छ । उहाँले यस आयोजनाबाट कर्णालीलाई लाभ नहुने भन्दै आयोजनाबाट निकालिने विद्युत्मा कर्णाली प्रदेशको सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल धितोपत्र बोर्डले आज आयोजना गरेको कर्णाली प्रदेशका पत्रकारका लागि आर्थिक तथा धितोपत्र बजारसम्बन्धी तालीम प्रशिक्षण एंव अन्तरक्रिया कार्यक्रममा उहाँले आयोजनाबाट निकालिको विद्युत्मा कर्णालीलाई पनि ३० प्रतिशतसम्म लाभ पाउने कुरा छलफल भएको बताउनुभयो ।

“भेरी बबई कर्णालीको ‘प्रोजेक्ट’ होइन, यसबाट प्रदेश पाँचलाई फाइदा पुग्छ”, उहाँले भन्नुभयो, “कर्णाली प्रदेशको भेरीको पानी प्रयोग भएबापत हामीले केही लाभ पाउनुपर्छ, आयोजनाबाट निकालिने विद्युत्मा हाम्रो पनि सहभागिता हुनुपर्छ ।” आयोजनाबाट प्रभावित जिल्ला दैलेख, सुर्खेत र सल्यानलगायतका जिल्लालाई पनि आयोजनाबाट विशेष लाभ दिनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा नेपालको अर्थतन्त्र, धितोपत्र बजारलगायतका विषयमा सहजीकरण गरिएको थियो । कर्णाली प्रदेशका पत्रकारको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here