घटस्थापना र दशैंको टिकाका दुवै साइत १०.३५ बजे

काठमाडौं । नेपालीको महान् चाड बडादसैं आज बाट सुरु भएको छ। आज पहिलो दिन आश्विन शुक्ल प्रतिपदामा घटस्थापना गरिन्छ।

नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार, यसवर्ष घटस्थापना र विजयादशमीका दिन टिकाका दुवै साइत १०.३५ बजे छ।

घटस्थापनाका लागि शास्त्रीय विधिविधानअनुसार शुभमुहुर्तमा घडा स्थापना गरी जमरा राखिन्छ। ‘यस पर्वमा विशेषगरि शक्तिका लागि महाकाली, धनका लागि महालक्ष्मी र ज्ञानका लागि महासरस्वतीको आराधना गरिन्छ’, उनले भने, ‘टिकाको दिन दिनभर साइत हुन्छ। तर, राज्य सञ्चालन गर्नेले साइतमै टिका लगाए शक्ति प्राप्त हुने र सुशासन दिने भएकाले साइत चाहिएको हो।’

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here