बाघ पीडितलाई बर्दियामा १० लाख

ठाकुरद्धारा । बाघको आक्रमणबाट मृत्यु भएका घरपरिवारलाई बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले रु १० लाख प्रदान गरेको छ ।
बाघको आक्रमणबाट मृत्यु भएका ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँका पहरिया थारूका परिवारलाई निकुञ्ज प्रशासनले क्षतिपूर्तिस्वरुप उक्त रकम दिएको होे ।


प्रमुख संरक्षण अधिकृत अणनाथ बराल

थारूका परिवारलाई निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल, नगर प्रमुख घननारायण श्रेष्ठ र श्रीरामनगर उपभोक्ता समितिका अध्यक्ष जर्नादन योगीले संयुक्तरूपमा चेक हस्तान्तरण गर्नुभएको हो ।
नेपाल सरकारको नियमबमोजिम पीडितका परिवारलाई क्षतिपूतिस्वरुप उक्त रकम हस्तान्तरण गरिएको प्रमुख संरक्षण अधिकृत बरालले बताउनुभयो ।
गत भदौको पहिलो साता बारीमा सुँगुरलाई आहारा हाल्न गएका वडा नं १ भुरीगाउँ खानेपानीटोलका ७० वर्षीय थारूलाई बाघले बारीमै आक्रमण गरी मारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here