ट्रम्प द्धारा हङकङका प्रदर्शनकारीलाई समर्थन गर्ने कानुनमा हस्ताक्षर, चिन संगको दुरी झन बढ्यो

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङकङमा प्रजातन्त्रको माग भइरहेको प्रदर्शनलाई समर्थन गर्ने विधेयकमा हस्ताक्षर गरेका छन् । अमेरिकी कंग्रेसले पारित गरेको सो विधेयकमा ट्रम्पले हस्ताक्षर गरेपछि अब कानुन बनेको छ ।

हङकङ प्रजातन्त्र तथा मानव अधिकार कानुनले हङकङले बाँकी चीनबाट पर्याप्त स्वायत्तता हासिल गरे÷नगरेको विषयमा वार्षिक समीक्षा गर्ने प्रस्ताव गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले ‘राष्ट्रपति सी ९सी जिनपिङ०, चीन र हङकङका जनता’ प्रति सम्मान व्यक्त गर्न आफूले नयाँ कानुनमा हस्ताक्षर गरेको दाबी गरेका छन् ।

तर अमेरिकाको सो कानुनबाट चीन भने रुष्ट बनेको छ । चिनियाँ अधिकारीहरूले यसअघि नै अमेरिकालाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिइसकेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले चीन–अमेरिका व्यापार युद्धलाई अन्त्य गर्न चीनसँग व्यापार सम्झौता गर्न खोजिरहेका बेला आएको यो कानुनले पुनः वार्ताको वातावरणलाई बिथोल्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

ट्रम्पले हङकङसँग सम्बन्धित अर्को कानुनमा पनि हस्ताक्षर गरेका छन् । त्यसले हङकङ प्रहरीलाई भिड नियन्त्रण गर्न प्रयोग गर्ने अश्रुग्यास, रबरका गोली र स्टेन गनजस्ता अस्त्र निर्यातमा प्रतिबन्ध लगाएको छ । ट्रम्पले चीन र हङकङका नेता तथा प्रतिनिधिहरूले आफ्ना मतभेदहरू शान्तिपूर्ण तरिकाले हल गरून् र सबैका लागि दीर्घकालीन शान्ति र समृद्धि हासिल होस् भनेर ती विधेयकहरू लागु गर्न लागिएको जानकारी दिएका छन् ।

सो विधेयक गत जुन महिनामा हङकङमा प्रदर्शनहरू सुरु हुन लाग्दा अमेरिकी कंग्रेसमा प्रस्तुत गरिएको थियो । गत महिना कंग्रेसबाट अत्यधिक बहुमतले पारित भएपछि ट्रम्पले हस्ताक्षर गरेका हुन् । त्यो विधेयकमा भनिएको छ, ‘हङकङ चीनको भाग हो र त्यसको आफ्नै कानुनी र आर्थिक व्यवस्था छ । वार्षिक समीक्षाले हङकङको कानुनमा निर्दिष्ट गरिएझैँ त्यहाँका नागरिकको स्वतन्त्रता र कानुनी शासनलाई चीनले चलाए नचलाएको भन्ने विषयको आकलन गर्नेछ ।’

चिनियाँ मुख्य भूमिमा लागु हुने अमेरिकी कर वा नियम स्वायत्त क्षेत्रको रूपमा रहेको हङकङमा चाहिँ लागु हुने गरेको छैन । त्यो कानुनमा अमेरिकाले हङकङका नागरिकलाई विरोधका क्रममा पक्राउ परेको अवस्थामा पनि प्रवेशाज्ञा दिन सक्ने व्यवस्था गरिएको छ ।

हङकङमा गत जुनमा प्रजातन्त्रत पक्षधरले सुरु गरेको आन्दोलन अझै जारी छ । सानो समूहबाट सुरु भएको आन्दोलनले अहिले बृहत रुप लिएको छ । हिंसात्मक प्रदर्शन चर्किँदै गर्दा प्रदर्शनकारीहरूले बेइजिङ पक्षधर भनिएका व्यापारिक प्रतिष्ठानहरूलाई ताकेर पेट्रोल बम प्रहार गरेका छन् ।

प्रदर्शनकारीहरूले प्रहरीले ज्यादती गरेको आरोप लगाउँदै विरोध प्रदर्शनलाई जारी राखेका हुन् । हङकङमा आइतवार स्थानीय परिषद्को निर्वाचनमा भएको थियो । निर्वाचनमा प्रजातन्त्र पक्षधरहरूले अत्यधिक बहुमत ल्याएका छन् ।

हङकङ सन् १९९७ सम्म बेलायतको उपनिवेश थियो । अहिले ‘एक चीन, दुई प्रणाली’ अन्तर्गत हङकङ चीनको अर्धस्वयात्त भूभागको रूपमा रहेको छ । सरकारले मुख्यभूमि चीनलाई हङकङका नागरिक सुपुर्दगी गर्न सकिने प्रावधान भएको एउटा कानुन ल्याउने योजनाको विरोधमा गत जुन महिनामा हङकङ आन्दोलित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here