अमेरिकी इतिहासकै ठूलो राहत कानुनमा हस्ताक्षर

कोरोनाभाइरसको विश्वव्यापी महामारीसँग सङ्घर्ष गरिरहेको अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले देशको अहिलेसम्मकै ठूलो २० खर्ब डलर बराबरको आर्थिक प्याकेजमा हस्ताक्षर गरेका छन्।

त्यससम्बन्धी कानुन तल्लो सदनले पारित गरेको छ। यसअघि त्यसका व्यवस्थाबारे माथिल्लो सदन( सिनेटमा छलफल भएको थियो।

अहिलेसम्मकै सबैभन्दा धेरै ३३ लाख अमेरिकी बेरोजगारका रूपमा बुधवार दर्ता भएका थिए।

अमेरिकामा विश्वमै सबैभन्दा धेरै एक लाखभन्दा बढी मानिसमा कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ।

ह्वाइटहाउसमा भएको ऐतिहासिक हस्ताक्षर कार्यक्रममा डेमोक्र्याट सांसदहरूलाई निम्त्याइएको थिएन। तर राष्ट्रपतिले देशलाई पहिलो प्राथमिकता दिँदै आफ्ना मतभेदहरू अलग राखेर एकजुट भएकोमाु दुवै पार्टीलाई धन्यवाद दिए।

ट्रम्पले राहत प्याकेज यसअघिका कुनै पनि राहत कार्यक्रमभन्दा दुई गुना ठूलो भएको बताए।

उनले भने, यसले हाम्रा नागरिकका परिवार, कामदार र व्यापारमा अत्यावश्यक राहत प्रदान गर्नेछ।

कानुनमा हस्ताक्षर गर्नु ठिक अघि ट्रम्पले डिफेन्स प्रोडक्सन एक्ट (डीपीए) भनिने कानुन लागू गरेका थिए जसले राष्ट्रपतिलाई निजी कम्पनीहरूलाई देशलाई आवश्यक पर्ने बस्तु उत्पादनको निम्ति बाध्य पार्ने अधिकार दिन्छ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here