काठमाडौँ । २१ दिनको लकडाउन गरेको भारतमा एकैदिन १४ जनाको मृत्यु भएको छ ।
सोमवारसम्म कोरोना भाइरसबाट मर्नेको संख्या ११४ थियो भने मंगलबार साँझसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १२४ पुगेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
मंगलबार दिनभरीमा थप १० जनाको मृत्यु भएको बिबिसि हिन्दी सेवाले पुष्टि गरेको छ । भारतमा पछिल्लो चरणमा मुश्लिम समुदायमा कोरोनाको संक्रमण बढेको देखिएको छ भने महाराष्ट्रको मुम्बई र उत्तर प्रदेशमा मर्नेको संख्या वृद्धि भएको छ ।
यद्धपी यस अवधिमा ३५३ जना कोरोनासँगका लडाई जितेका छन् भने मंगलवार साँझसम्म भारतमा चार हजार ७८९ जनामा कोरोनामा संक्रमण देखिएको छ ।