थाक्यो अमेरिका कोरोना भाइरससँग

काठमाडौँ । विश्वको शक्तिशाली राष्ट्र अमेरिका कोरोना भाइरससँग थाकेको छ ।

अर्थतन्त्र कि मानव जीवन ? भन्ने कुराको वहसमा बहकिँदा अर्थतन्त्रलाई ध्यान दिने नीतिमा हिडेको अमेरिकाले लकडाउनका उपायलाई अवलम्बन गर्न नसक्दा कोरोना भाइरसले सबैभन्दा बढी क्षति पुर्याएको मुलुकको सूचीमा अमेरिका पर्न थालेको छ ।

विश्व अर्थव्यवस्थामा आफ्नो आधिपत्य कम हुने डरले लकडाउनको नीतिलाई लत्याएको अमेरिकामा कोरोना भाइरसको संक्रमण पछिल्ला दिनमा संसारमै सबैभन्दा बढी गतिले प्रसार भइरहदा मर्नेको संख्या पनि रेकर्ड ‘ब्रेक’ गरेको छ ।

अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या १९ हजार ६६६ पुगेको छ । जबकी इटालीमा मर्नेको संख्या १८ हजार ८४९ मात्र छ र पछिल्ला दिनमा इटालीले लकडाउनलाई प्रभावकारी रुपमा अवलम्बन गर्दा उसको संक्रमण र मर्नेका संख्या कम हँुदै गएको छ ।

अमेरिकामा संक्रमितको संख्या ५ लाख ६ हजार ८ पुगेको छ। यो विश्वमा कोरोना संक्रमतिको संख्याको झण्डै एकतिहाइ हो। शनिबार रातिसम्म विश्वमा संक्रमतिको संख्या १७ लाख २७ हजार १ सय ७१ पुगेको छ। कोरोनाका कारण शनिबारसम्म विश्वमा १ लाख ५ हजार ७ सय २८ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here