किन कड्किए ओली बर्दियामा ? (भिडियो सहित )

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले सुशासनको स्थिति मन्त्रालय मातहतका निकायमा निकै खस्किएको भन्दै सुशासन कायम गर्न र ‘चेन अफ कमाण्ड’ मा बस्ने कडा निर्देशन दिनुभएको छ ।

वन मन्त्रालयभित्र सुशासनका लागि ‘पर्याय’ जस्तै मानिएका डा. ओली यस्ता विषयमा सार्वजनिक रुपमा खासै नबोल्ने अधिकारीका रुपमा चिनिन्छन् । गल्ती नै भएको छ भने पनि मातहतको जिम्मेवार नेतृत्वलाई निर्देशन दिई जिम्मेवार बनाउने सचिवका रुपमा उहाा चिनिनुहुन्छ । आफ्नो काम गर्ने विगतको प्रवृतिलाई ‘ब्रेक’ गर्दै सबैका अगाडि वन प्रशासनमा सुशासन कायम गर्नका लागि डा. ओलीले बर्दियामा आयोजना भएको ३५ औँ वार्डेन सम्मेलनमा मुख फोरेर बोल्नुभएको छ ।

डा.ओलीलाई यति बोल्न बाध्य पार्ने काम किन भयो ? एक प्रमुख संरक्षण अधिकृतका अनुसार मध्यवर्ती क्षेत्र भित्रको गिट्टी, ढुंगा, बालुवामा वार्डेनहरुले ठेकेदारसँग मिलेर ठूलै आर्थिक चलखेल गरेको कुरा सार्वजनिक भएको छ । ती वार्डेनहरु प्रति आज सचिव ज्यू बोल्ने पथ्र्याे, बोल्नुभयो । राम्रै भयो । अब साथीहरु शतर्क हुनैपर्छ ।

ती अधिकारीका भनाईमा पछिल्लो समयमा पहाडी तथा हिमाली क्षेत्रका संरक्षित क्षेत्रमा काम गर्ने प्रमुख संरक्षण अधिकृतहरु विभागलाई खवर नगरीकनै राजधानीमा सयर गर्ने गरेको कुरा पनि सचिव कहाँ पुगेकोले डा. ओली कडाइका साथ प्रस्तुत हुनु भएको हो ।

धेरै बुझ्ने, कम बोल्ने बानी भएका डा.ओलीले सार्वजनिक रुपमा यसरी कडा बोलेको पहिलो पटक होला सायदै । किन वार्डेनलाई यति कडा शब्दमा बोल्न बाध्य भए ? वन तथा वातारण मन्त्री शक्ति बहादुर बस्नेतभन्दा अघि बोल्नुभएका सचिव डा.ओलीले आर्थिक अनुशासनका विषयमा गम्भीर हुन चेतावनी पनि दिनुभयो ।

सोसियल मिडियाको सधैँ सम्पर्कमा रहेर सबैका क्रियाकलापमा दृष्टि पुर्याइरहने सचिव डा. ओलीले मातहतका कर्मचारीले अनुशासन नाघेर सोसियल मिडियामा जथाभावी लेख्ने, टिप्पणी गर्ने छुट कसैलाई पनि नभएको बताउनुभयो ।

थप उहाँको शब्दमा भिडियो मार्फत

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here