संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो उक्त अध्यादेश जारी गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ९पहिलो संशोधनं० अध्यादेश, २०७७ जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here