कर्मचारी छैनन् वन कार्यालय रामेछापमा

रामेछाप । रामेछाप डिभिजन वन कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी हालसम्म पनि पदपूर्ति हुन सकेका छैनन् ।

कर्मचारी नहुँदा हिमगङ्गा, चिसापानी, धोबी, दोरम्वा, खाँडादेवी र ठोसे गरी छ वटा सव–डिभिजन कार्यालयको काम प्रभावित भएको छ । ४५ जनाको दरबन्दी भएको डिभिजन वन कार्यालयमा हाल १९ जना कर्मचारीमात्र कार्यरत रहेका छन् ।

कर्मचारी अभावको विषयमा धेरै पटक प्रदेश सरकारलाई जानकारी गराउँदासमेत अहिलेसम्म कर्मचारी नपठाएको डिभिजन वन कार्यालय रामेछापका डिभिजन अधिकृत कृष्णराज न्यौपानेले बताए ।

उनले भने, जिल्लाका विभिन्न स्थानमा सामुदायिक वन फडानी भएको, काठको चोरी निकासी भएको ठाउँमा समेत जान सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here