लाङटाङ क्षेत्रमा प्लाष्टिक फाल्न नपाइने

रसुवा । पर्यटकीय गन्तव्य लाङटाङ र गोसाइँकुण्ड क्षेत्रमा फालिएका प्लाष्टिक उठाउन थालिएको छ ।

सो क्षेत्रका तीनवटा पदमार्गमा यस अघि फालिएका प्लाष्टिक उठाउने अभियान सञ्चालन गरिने भएको छ । आउँदा दिनमा सो क्षेत्रमा प्लाष्टिक फाल्न नदिने घोषणा पनि गरिएको छ ।

पर्यटकीय क्षेत्रमा दिगो वातावरणीय तथा पारिस्थितिक प्रणाली व्यवस्थापन (सिम) नेपालले हरियाली नेपाल अभियानअन्र्तगत अभियानलाई अघि बढाउन लागेको हो ।

यो अभियान अन्तर्गत पहिलो चरणमा क्यान्जिन लाङटाङ हँुदै स्याफ्रबेसीसम्म, गोसाइँकुण्ड ठूलोस्याफ्रुहँदै स्याफ्रुबेसीसम्म र गोसाइँकुण्डदेखि धन्चेसम्म गरी तीनवटा पर्यटकीय पदमार्गमा अभियान सञ्चालन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here