अछाम अस्पतालमा पुग्यो अफ्रिकाबाट सहयोग

मंगलसेन । कोरोनाले आक्रान्त हुँदै गएको अछाम जिल्लालाई अफ्रिकामा बस्ने नेपालीहरुले सहयोग गरेका छन् । पछिल्लो चरणमा भारतबाट स्वदेश फर्किने क्रम बढेसँगै अछाममा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेका बेला एनआरएन अफ्रिकाले यस्तो सहयोग गरेको हो ।

भारतको महाराष्ट्रमा कोरोनाको प्रकोप बढीरहेको छ । अछाम जिल्लामा रोजगारीका लागि बढी जसो मानिसहरु मुम्बई जाने गरेको र हाल भारतमा कोरोनाको दोस्रो लहर फैलिन थालेपछि अधिकांश नेपाली स्वदेश फर्किदै गर्दा अछाममा कोरोनाको प्रभाव बढी देखिदै आएको छ ।

एनआरएन अफ्रिकाले जिल्ला अस्पताल मंगलसेन र अन्य स्वास्थ्य केन्द्रमा अक्सिजनको कमी भइरहेको बेला यस्तो सहयोग गरेको एनआरएनका पूर्व कोषाध्यक्ष हिक्मत थापाले बताए ।

एनआरएन नाइजेरिया, अफ्रिका, अमेरिका, मलेसिया र कतारमा बस्ने गैर आवासीय नेपालीहरुले यो अभियानमा सहयोग गरिरहेको थापाले नेपालकथालाई जानकारी दिए ।

एनआरएनले दिएको सो सहयोगलाई अछामका स्थानीय समाजसेवी तथा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति पुष्पबहादुर शाहले जिल्ला अस्पतालका निमित्त मे.सु. डा. सोनाली बाँस्कोटालाई हस्तान्तरण गरेका छन् ।

सो अवसरमा पूर्व सभापति शाहले यस्तो जटिल र विषम पस्थितिमा पनि विदेशमा बस्ने गैर आवासीय नेपालीहरुको सहयोगले दुर्गम दुर दराजमा बस्ने नेपालीको ज्यान बचाउने अभियानमा सहयोग गरेको भन्दै एनआरएनको सह्राना गरे ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here