वार्डेन सेमिनार सुरु : अत्यावश्यक सेवा बनाउनु पर्ने माग

काठमाडौँ । ३७ औँ वार्डेन सेमिनार बिहीवारदेखि सुरु भएको छ ।

दुई दिनसम्म चल्ने सेमिनार यस पटक कोभिडको कारणले गर्दा आधुनिक प्रविधिको प्रयोग गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट उद्घाटन गरिएको हो ।

सम्मेलनमा वन तथा वातारण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले बिहीवार उद्घाटन गरेका छन् ।

सम्मेलनमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्रमा कार्यरत निकुञ्ज प्रशासन, निकुञ्ज तथा आरक्षको सुरक्षार्थ खटिएका नेपाली सेना, संरक्षण साझेदार संस्था, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागिता रहेको छ ।

उद्घाटन समारोहमा मन्तव्य राख्ने बिभिन्न क्षेत्रका व्यक्तिहरुले निकुञ्जको काम कारवाहीको प्रकृति र कार्यक्षेत्र हेर्दा संरक्षणमा संलग्न कार्यरत कर्मचारीको सेवालाई अत्यावश्यक सेवा परिभाषित गरी बिमा, राहत तथा थप सुविधा दिनुपर्ने माग राखेका छन् ।

वन तथा भूसंरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का, नेपाल वन प्राविधिक संघका अध्यक्ष डा. किरण पौडेल, पूर्व महानिर्देशक गोपालप्रकाश भट्टराई लगायतले दुर दराजमा काम गर्नुपर्ने, चौबिसै घण्टा खटिनुपर्ने भएकाले सार्वजनिक बिदा समेत उपभोग गर्न नपाउने संरक्षण क्षेत्रमा कार्यरत कर्मचारीलाई अत्यावश्यक सेवा अन्तर्गत परिभाषित गरी सोही अनुरुप सेवा सुविधा दिनुपर्ने माग राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here