विश्वलाई २५० बाघ देखाउन्छौँ : वन सचिव कँडेल

काठमाडौँ । वन तथा वातावरण सचिव डा. पेमनारायण कँडेलले नेपालले विश्व समुदायका सामु गरेको प्रतिवद्धता अनुसार सन् २०२२ सम्ममा २५० वटा बाघ देखाइदिने बताएका छन् ।

विश्व बाघ दिवसका अवसरमा राष्ट्रिय बाघ संरक्षण समितिद्धारा आयोजिक कार्यक्रममा सचिव डा. कँडेलले नेपालले बाघ संरक्षणमा रणनीतिक महत्वको आफ्नो योजना अनुसार काम गरेकोले बाघको संख्या दोब्बर पार्ने काममा सफलता मिल्न थालेको बताए ।

उनले भने, सन् २०१८ मा गरिएको बाघको गणनामा २३५ वटा बाघ देखिएका थिए । अब यो संख्या बढीरहेको छ । सन् २०२२ सम्ममा हामी विश्वसमुदायलाई २५० वटा बाघ देखाउन सक्ने भएका छौँ । त्यसका नजिक नजिक पुग्दैछौँ ।

सन् २००९ को गणनामा बाघको संख्या १२१ रहँदा नेपालले प्रतिबद्धता व्यक्त गरेको र त्यसपछि लगातार र प्रभावकारी रुपमा बाघको संरक्षण लागि नेपाल सरकारले सञ्चालन गरेका प्रयास र सहकार्य बारे प्रधानमन्त्रीसँग बाघ सम्बाद नाम दिइएको सो कार्यक्रममा सचिव कँडेलले प्रकाश पारेका थिए ।

उनले कार्यक्रममा भने, बाघ संरक्षण जस्तो ज्यादै चुनौतीपूर्ण काम एक्लै वन मन्त्रालय तथा निकुञ्ज विभागले मात्र सम्भव थिएन । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीय समुदाय, संरक्षण साझेदार संस्था, सञ्चारकर्मी सबैको उत्तिकै सहकार्य र सहयोग छ । यो सफलता साझा प्रयासको प्रतिफल हो ।

प्रधानमन्त्रीको अध्यक्षतामा भएको राष्ट्रिय बाघ संरक्षण समितिका सदस्य सचिव समेत रहेका सचिव डा. कँडेलले बाघ संरक्षणका लागि विशेष कार्यक्रम सरकारले घोषणा गर्ने र त्यसका लागि चाँडै प्रश्ताव क्याविनेटमा लगिने पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here