क्वारेन्टाइन पछि पनि घर जान नपाइने

काठमाडौँ । यस अघि १४ दिनसम्म बिभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा राखिएका संकास्पद व्यक्तिलाई खकार परीक्षण गरी खकारको रिपोर्ट नेगेटिभ आएपछि मात्र घर पठाइने भएको छ । सरकारको यस्तो निर्णयपछि क्वारेन्टाइनमा रहेका व्यक्तिले रिपोर्ट नआइन्जेलसम्मका लागि थप केही समय क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ ।

क्वारेन्टाइनमा बसेर पनि खकार तथा रगत परीक्षण नगरी घर पठाउँदा ती व्यक्तिका परिवारलाई थप संक्रमण हुन सक्ने डर यथावत रहने कुरालाई विश्लेषण गर्दै आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले मुलुकभर भएका ग्रामीण स्वास्थ्य स्वयम् सेविकालाई कोरोना भाइरसको उपचार कार्यमा लगाउने भएको छ । बैठकले ग्रामीण स्वास्थ्य स्वयम् सेविकालाई उचित प्रोत्साहन भत्ता दिएर, बीमा सहितको व्यवस्था गरि परिचालन गर्ने निर्णय गरेको हो । मुलुकभर ५० हजार भन्दा धेरै ग्रामिण स्वास्थ्य स्वयम् सेविका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here