नेपालमा बाघको संख्या ३५५

काठमाडौँ । नेपालले बाघ संरक्षणमा अन्तर्राष्ट्रिय प्रतिवद्धता भन्दा राम्रो सफलता प्राप्त गरेको छ । सन् २०२२ को बाघ गणनामा नेपालमा बाघको संख्या ३५५ पुगेको छ ।

अन्तराष्ट्रिय बाघ दिवसको अवसरमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरे । सन् २०२२ को बाघ गणना गत मंसिर १९ गते सुरू भएर फागुन २८ गते बाघ गणना सम्पन्न भएको थियो ।
सबैभन्दा धेरै चितवनमा राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ रेकर्ड भएका छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, बाँकेमा २५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ वटा बाघ रेकर्ड गरिएका छन् ।

नेपालले सन् २०१० मा रुस को सेन्टपिटर्सवर्गमा भएको बाघ पाइने देशहरूको पहिलो सम्मेलनमा तत्कालिन संख्या १२१ लाई दोब्बर बनाउने प्रतिवद्धता व्यक्त गरेको थियो । २०१३ को गणनामा १९८ र सन् २०१८ मा बाघको संख्या २३५ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here