आफ्नो निर्णयमा हप्ता दिन टिक्न सकेनन् वन मन्त्री, ढकालको सरुवा मन्त्रालय

काठमाडौँ । व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोका हरेक निर्णय, बोली व्यवहार कच्चा रुपमा प्रर्दशन हुँदै गएका छन् । मन्त्रालयलाई नीजि बैँकको जस्तै हैकम चलाएर सञ्चालन गर्न खोजिरहेका मन्त्री महतोले दैनिक रुपमा सचिव, सहसचिव र विभागीय प्रमुखहरुसँग हुने सम्बादमा थर्काउने र जङ्गिने स्वभाव देखाउँदै आएका छन् । उनको यो स्वभावले मन्त्रालयको निजामति सेवाका उच्च नेतृत्वले मूख्यसचिवसँग असन्तुष्टि व्यक्त गरिसकेको छ ।

चार दिन अघि मन्त्रालयका सहसचिवहरुको सरुवा गरेको निर्णय उनले चार दिनपछि आफैले उल्ट्याएका छन् । चार दिनसम्म पनि टिक्न नसक्ने निर्णय गर्ने मन्त्रीले मुलुकको वन, वातावरण, वन्यजन्तु तथा समग्र जैविक विविधता र जलवायु परिवर्तनको विषयमा के दिशानिर्देशन गर्न सक्लान् भन्ने प्रश्न उब्जिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकाललाई चुरे उत्थानशिल आयोजनामा सरुवा गरेको चार दिन नबित्दै मन्त्री महतोले आफ्नो पूर्ववत निर्णयमा सच्याएर ढकाललाई मन्त्रालयका सरुवा गरेका छन् । गत बिहीबार सरुवाको निर्णयमा हस्ताक्षर गरेका महतोले सोमबार साँझ आफ्नै निर्णय सच्याउने फायलमा हस्ताक्षर गर्न पुगे ।


डा. ढकालका जापान रहेका बेला उनले सरुवा गरेका थिए । निकुञ्ज विभागको महानिर्देशकमा राष्ट्रपति चुरेको सदस्य सचिव रहेका डा. सिन्धु ढुङ्गानालाई सरुवा गरिएको थियो ।

आफू विदेश रहेका बेला विभागको महानिर्देशकबाट चुरे उत्थानशिल जस्तो सानो आयोजनामा सरुवा गरेको कुरामा ढकालले आउने बित्तिकै असन्तुष्टि व्यक्त गरेका थिए । डा. ढकाललको सरुवाको सम्बन्धमा मन्त्री महतो र सविच रेवतीरमण पौडलको वनकर्मीका बीच पनि चौतर्फी आलोचना भएको थियो ।

ढकालले मूख्य सचिव लगायत प्रधानमन्त्रीको सचिवालायमा समेत वन मन्त्री महतोले आफूलाई पूर्वाग्रही ढंगले सरुवा गरेको गुनाशो समेत व्यक्त गरेका थिए । ढकालको सरुवाको विषयलाई लिएर कर्मचारी वृतमा असन्तुष्टि पैदा भएपछि मन्त्री महतो ढकाल सरुवाको दुई वटा निर्णय गर्न बाध्य भएका हुन् ।

ढकालको मन्त्रालयमा सरुवा गर्ने टिप्पणीलाई सदर गर्न बाध्य भएका मन्त्री महतोले चुरे उत्थानशिल आयोजनामा भने हाल कसैपनि नपठाएको मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रालयबाट शिव वाग्लेलाई वन तथा भूसंरक्षण विभागको महानिर्देशक र मेघनाथ काफ्लेलाई राष्ट्रपति चुरेको सदस्य सचिवमा सरुवा गरिएपछि मन्त्रालयमा डा. रामचन्द्र कँडेल, बद्री ढुङ्गाना र डा. महेश्वर ढकाललाई मन्त्रालयका सरुवा गरिएको छ ।

धनञ्जय पौडल सेवा निवृत भएपछि मन्त्रालयमा खाली रहेको तीन वटा महाशाखामा तीन जना सहसचिवको व्यवस्थापन भने मन्त्रीले कसरी गर्ने हुन ? त्यो भने हेर्न बाँकी छ । डा. ढकाल यसअघि जलवायु अनुकुलन महाशाखामा रहेर उत्कृष्ट काम गरिसकेको सहसचिव हुन् ।

मन्त्रालयमा सरुवा भएपछि डा.ढकालले बुधवार विभाग छाड्ने भएका छन् भने नयाँ महानिर्देशक सिन्धु ढुङ्गानाले बुधवार नै पदग्रहण गर्ने छन् । ढकालले भने, मैले नयाँ आउने महानिर्देशकलाई सबै कुराको बुझबुझारथ गरेर बुधवार विभागबाट रमाना लिने भएको छु । आउने महानिर्देशकलाई मेरो सधैँ सहयोग रहनेछ ।

गत बिहीबार भएको सरुवाबाट वन विभागका महानिर्देशक भएका शिव वाग्लेले पदग्रहण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here