साइटिसको २०औँ सम्मेलन उज्वेकिस्तानमा हुने

काठमाडौँ । साइटिस पक्ष राष्ट्रहरुको २०औँ सम्मेलन आगामी सन् २०२५ को नोभेम्बर २४ देखि डिसेम्बर ५ सम्म उज्वेकिस्तानमा हुने भएको छ ।


उज्वेकिस्तान गणतन्त्रको सरकार र वन्यजन्तु र वनस्पतिको लोपोन्मुख प्रजातिहरूमा अन्तर्राष्ट्रिय व्यापार महासन्धिको सचिवालय (साइटिस) बिच पक्ष राष्ट्रहरुको २० औं बैठकको आयोजना गर्नका लागि सम्झौतामा हस्ताक्षर भएको छ ।


जैविक विविधिता महासन्धी पक्ष राष्ट्रहरुको विश्व सम्मेलन (सिबिडी कोप १६) चलिरहेको कोलम्बियाको कालीमा सो सम्झौता भएको हो । उज्बेकिस्तान गणतन्त्रका इकोलोजी, पर्यावरण संरक्षण र जलवायु परिवर्तन मन्त्री अजिज अब्दुखाकिमोभले उज्बेक सरकारको तर्फबाट होस्ट कन्ट्री सम्झौतामा हस्ताक्षर गरेका छन् ।


मन्त्री अब्दुखाकिमोभले सो अवसरमा भने, सिबिडी कोप भइरहेका बेला भएको सो सम्झौताले जैविक विविधताको हानि र अवैध वन्यजन्तु व्यापारको सामना गर्न महत्त्व राख्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here