राष्ट्रिय भूसंरक्षण दिवस मनाइँदै

काठमाडौँ । आज नेपालमा बिभिन्न कार्यक्रमका साथ राष्ट्रिय भूसंरक्षण दिवस मनाइँदै छ ।


बाढी, पहिरो, भूक्षय नियन्त्रण तथा समग्र रुपमा जलाधार क्षेत्रको वैज्ञानिक तरिकाले व्यवस्थापन गर्ने उद्देश्यका साथ २०३१ साल साउन २४ गते भू तथा जलाधार संरक्षण विभागको स्थापना भएको अवसरमा यो दिवस मनाइँदै आएको छ ।

माटोको जगेर्ना नगरि विकासको दिगोपना हुन सक्दैन भन्ने अवधारणाका साथ ‘स्वस्थ्य जलाधार : समृद्धिको आधार’ भन्ने नाराका साथ आज राष्ट्रिय भूसंक्षण दिवस मनाउन थालिएको


पछिल्ला दिनमा यो दिवसको सान्दर्भिकता र महत्व बढी देखिन थालेको छ । भौतिक पूर्वाधारका कामहरु विशेष गरी बाटोघाटो, सिँचाई, खानेपानी लगायतका वस्ती विकासको माग र गति दुबै तिब्र रुपमा भइरहेका बेला जलाधार संरक्षणको सवाल निकै सम्वेदनशिल बन्दै गएको छ ।


राष्ट्रिय विपद जोखिन न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार बर्खा लागेपछि ६० प्रतिशत भन्दा बढी ग्रामीण सडकहरु बाढी, पहिरो लगायतका कारण अवरुद्ध भइरहेका छन् भने सडकको राष्ट्रिय सञ्जाल हरेक दिनजसो कहि न कहि अवरुद्ध भइरहेको छ ।


पूर्वाधारको विकास गरिने तर ती कामहरु गर्दा उत्खनन् हुने माटो, ढुङ्गा, बालुवा लगायतका कुराको उचित व्यवस्थापन हुन नसक्दा आज विकाससँगसँगै भूक्षय, पहिरो खस्ने र जसका कारण पानी पर्ना बाटोघाटो अवरुद्ध भई आवागनम समेत बन्द हुने चुनौतीहरु पनि सिर्जना भइरहेका छन् । जसले गर्दा नेपालको विकास दिगो विकासको दिशा उन्मुख छ कि छैन भन्ने प्रश्न उब्जिन थालेको छ ।


नेपालका भौगोलिक अवस्था हेर्दा ८३ प्रतिशत भन्दा बढी जमिन भिरालो छ । भिरालो जमिनको भौगर्भिक सम्वेदनशिलतालाई ख्याल नगरी गरिएको विकासले दीर्घकालिन रुपमा विकासको प्रतिफल दिन सक्दैन । त्यति मात्र नभएर पछिल्ला दिनमा जलवायु परिवर्तनको असर पनि माटो र पानीमा बढी मात्रामा पर्ने गरेको छ । यसले गर्दा पनि हामी बढी सम्वेदनशिल हुनुपर्ने भएको छ ।


बाटोघाटो सडक निर्माणको अवस्था हेर्दा नेपालको कुनै भूगोल खोतल्न बाँकी छैन जस्तो लाग्छ । बर्खाको पानी प्राकृतिक रुपमा जुन रुपमा सोस्न सक्थ्यो, त्यो अवस्था अहिले खलबलिएको छ । मुलुकको हरेक जमिन खोतलिएको छ, माटो र ढुङ्गा यताबाट उता, उताबाट यता फयालिएको छ, धर्तिको प्राकृतिक स्वरुप कुरुप पारिएकाले पनि सामान्य पानी पर्दा पहिरो खस्ने, बाटो अवरुद्ध हुने घटना भइरहेका छन् ।


माटोको जगेर्ना नगरि विकासको दिगोपना हुन सक्दैन भन्ने अवधारणाका साथ ‘स्वस्थ्य जलाधार : समृद्धिको आधार’ भन्ने नाराका साथ आज भूसंक्षण दिवस मनाउन थालिएको हो ।


वन तथा भूसंरक्षण विभागद्वारा आयोजना गरिने विशेष कार्यक्रममा जलाधार व्यवस्थापन, माटोको जगेर्ना, पहिरो तथा भूक्षण नियन्त्रण सम्बन्धी विज्ञहरुले कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।


सो कार्यक्रममा भू तथा जलाधार संरक्षण, व्यवस्थापनमा लामो समयदेखि काम गरेका अग्रज विज्ञ व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको वन तथा भूसंरक्षण विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here