डा. केशीको अनशन अझै लम्बिने

नेपाल कथा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनशनरत डा. गोबिन्द केशीको समस्या खासै ठूलो नभएको बताउनुभएको छ ।
छ दिने स्वीटजरल्याण्डको भ्रमण सकेर स्वदेश फर्किने क्रममा शनिवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित पत्रकारहरुसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले डा. केशीको विषयले त्यति ठूलो उधुम मच्चाइ हाल्नु पर्ने विषय होइन भन्ने सटिक जवाफ दिनुभयो । हालै संसदबाट पारित चिकित्सा शिक्षा सम्बन्धी बिधेयकले तीन करोड नेपाली मध्य कोही न कोहीको असन्तुष्टि हुनु स्वभाविक भएको र प्रतिपक्षसँग पनि सरकारले कुरा मिलाएर काम गर्ने प्रतिक्रिया दिएपछि सरकार अनशनरत डा. केशीको माग प्रति त्यति सम्वेदनशिल छैन भन्ने संकेत प्रष्टसँग देख्न सकिन्थ्यो । अतः डा. केशीको अनशन अझै लम्बिने देखिएको छ ।
गरिव, विपन्न तथा आर्थिक अवस्था कमजोर भएको आम नेपाली नागरिकको स्वास्थ्यप्रति चाँसो देखाउँदै डा. केशीले विगत लामो समयदेखि सत्याग्रह गर्दै आउनुभएको छ । यस पटक सरकारले प्रतिपक्षले बिरोध जनाउँदा जनाउँदै जर्बजस्त ढंगले चिकित्सा शिक्षा सम्बन्धी विधेयक संसदबाट पारित गरेपछि प्रतिपक्ष कांग्रेसले सदन र सडकमा आन्दोलन गर्ने घोषणा गरेको छ । उता अनशनरत डा. गोबिन्द केशीको पक्षले नेपाल चिकित्सक संघले पनि देशैभरका अस्पतालका सेवा पूर्ण रुपले बन्द गर्ने गरी ७२ घण्टे अल्टिमेटम दिएको छ ।
संसदबाट जर्बजस्त ढंगले बिधेयक पारित भएकै दिन अनशनरत डा. गोबिन्द केशीले प्रधानमन्त्री ओलीले यस अघि आफुसँग गरेको सहमति, प्रतिवद्धता र बाचाहरुको उलङ्घन भएकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राखि सक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here