जिल्लाका नौ वटै स्थानीय निकायमा रहेका विभिन्न गाउँ टोलमा महिनावारी भएको समयमा महिलाले बास बस्ने छाउगोठ भत्काउन सुरु गर्न थालको छ ।
जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा पर्ने बूढीनन्दा नगरपालिकाको ९ को पाण्डुसैनको अगाउपानी स्थित छाउपडि गोठमा आगलागि हुँदा आमा छोरा सहित तीन जनाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय बाजुराले विभिन्न स्थानीय निकायमा छाउगोठ तथ्याङ्क लिन सुरु गरे सँगै छाउगोठ भत्काउन सुरु गर्न थालेको हो ।

छाउगोठ तथ्याङ्क सुरु भएपछि महिला र पुरुष दुबैको सक्रिय अभियानमा बूढीनन्दा, बडिमालिका ,बूढीगङ्गा नगरपालिका लगायतका विभिन्न क्षेत्रमा रहेका करिब ६० भन्दा बढी छाउपडीगोठ भत्काँइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
यस भन्दा पहिला सरकारी तथा गैर सरकारी सङ्घ संस्थाहरुले साविकका कोल्टी ,कुल्देवमाण्डौ, कैलाशमाण्डौ, काँडा जयवाग्यश्वरी र बारबीस लगायतका गाविसमा छाउगोठ मुक्त घोषणा कार्यक्रम गरेको भएता पनि धामी झाँक्री र पढेलेखेका जागिरे महिलाहरुले छाउप्रथा अँगाल्दै गएकोले छाउप्रथा उल्मुलन कार्यमा थप तगारो बन्दै गएको हो ।
महिनावारी भएको बेला छाउपडगोठमा सुत्दा धेरै महिला दिदीबहिनीहरुको अस्तित्व लुट्नु का साथै महिलाको ज्यान समेत गएको भएता पनि धामी झाँक्रीका डरले अधिकांश महिला छाउगोठमा सुत्न बाध्य भएका हुन् ।
जिल्ला स्थित विभिन्न संस्थाहरुले कुसंस्कार तथा अन्धविश्वासका कारण मान्दै आएको छाउप्रथा रोक्नका लागि विभिन्न जनचेतना फैलाउदै गएको भएतापनि पढेलेखेका एवम् शिक्षित भएका र जागिरे महिलाहरुले नै छाउ मान्ने कुसंस्कारलाई अँगाल्न थालेपछि छाउपडी उल्मुलनमा कार्यमा थप चुनौती आएको हो ।
धामी झाँक्री अन्धविश्वास र चेतनाको कमीका कारण छाउपडी प्रथा उन्मुलनमा कठिनाइ भइैरहेका बेला यही कुसंस्कारलाई समाजले पुनः अगाल्न थालेपछि जिल्लामा रहेका सम्पूर्ण धामी झाँक्रीहरुलाई बोलाएर उनीहरुलाई छाउपडीविरुद्धको अभियानमा लाग्नका लागि उत्प्ररेणा जगाउने कार्यक्रमको आयोजना गर्नु आवश्यक देखिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धबसिह भाटले बताउनु भयो ।