मेट्रो रेलको निर्माणको प्रक्रियाको थालनी

काठमाडौँ । काठमाडौँमा निर्माण गर्ने भनिएको मेट्रो रेल निर्माणका लागि प्रक्रियाको थालनी गरिएको छ ।
ललितपुरको सातदोबाटो देखि काठमाडौँको रत्नपार्क र रत्नपार्क देखि महाराजगञ्ज चोकसम्म जोड्नका लागि प्रश्ताव गरिएको मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न ग्लोबल टेण्डर आव्हान गरिएको छ । यो रुटको मेट्रो रेल १२ किलोमिटर हुने छ ।
रेल विभागले सो कार्यको प्रश्तावका लागि टेण्डर आव्हान गरेको हो । इच्छुक कम्पनीले आगामी फागुन १२ गतेसम्म प्रश्ताव भर्न सक्ने अवधि दिइएको छ ।
यस अघि सन् २०११ म नेपालका मेट्रो रेलको सम्भाव्यता अध्ययन कोरियन कम्पनीले गरेको थियो । सो अध्ययनले सातदोबाटो देखि रत्नपार्क हुँदै महाराजगञ्ज र किर्तिपुर, कालिमाटी हुँदै नयाँ बानेश्वर भएर एअरपोर्टसम्मको ११ किलोमिटर, कोटेश्वरबाट चाहविल हुँदै स्वयम्भुसम्मको २९ किलोमिटर, स्वयम्भु देखि डिल्लीबजार हुँदै बौद्ध सम्मको १२ किलोमिटर, धोबिघाटबाट सिँहदरबार हुँदै नक्साल देखि गोँगबुसम्मको १४ किलोमिटरको मेट्रो रेल बनाउन सकिने देखाएको थियो ।
सो अध्ययन प्रतिवेदनले लागत अनुमान पनि गरेको थियो । हाल टेण्डर आव्हान गरेको क्षेत्रको लागि ७८ अर्ब ३६ करोड रुपियाा लागत अनुमान गरिएको छ भने किर्तिपुरदेखि एअरपोर्ट रुटका लागि ६८ अर्ब ६ करोड रुपियाँ, कोटेश्वर देखि स्वयम्भु रुटका लागि एक खर्ब ५१ अर्ब रुपियाँ, स्वयम्भुदेखि बौद्ध रुटका लागि १ खर्ब १८ अर्ब रुपियाँ, धोबिघाटदेखि गोँगबु रुटका लागि १ खर्ब ३९ अर्ब ५० करोड रुपियाँ लागत अनुमान गरिएको छ ।
काठमाडौँ उपत्यकाका लागि सम्भाव्ता अध्ययनले पाँच वटा रुटमा मेट्रो रेल निर्माण गर्न सकिने कोरियन कम्पनीको अध्ययनले देखाएको छ भने सो को लागत कम्तिमा पाँच खर्ब ४७ अर्ब १७ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here