विद्युत् प्राधिकरणद्धारा दुख्ख व्यक्त

काठमाडौँ । धनुषा जिल्लाको सबैला नगरपालिकाको कोठिया बाल्टियामा जन्ती बसमा करेन्ट लागेर भएको मानवीय क्षतिप्रति नेपाल विद्युत् प्राधिकरणले दुख्ख व्क्त गरेको छ ।
प्राधिकरणले आफ्नो तर्फबाट लापरवाही नभएको तर जन्ती बसको छटमा राखिएको टिनको अग्लो बाकसले बिजुलीको नाङ्गो तार छुदा बसमा करेन्ट प्रवाह भएको स्पष्ट पारेको छ ।
प्रशारण लाइनको तार तल नझरेको तर बसमा अग्लो टिनको बाकस राखिएकोले सो दुर्घटना भएको दावी प्राधिकरणको रहेको छ । शुक्रवार साँझ जन्ती हिडेको बसमा करेन्ट प्रवाह हुँदा छ जनाको मृत्यु भएको भने दर्जन भन्दा बढी जन्ती घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here