कार्यलय नै बन्द हुनेगरी अचानक कर्मचारीलाई अवकाश

तनहुँ, माघ १३ गते । तनहुँको भानु नगरपालिकाले अचानक कर्मचारी हटाएपछि काम प्रभावित भएको छ । कम्प्युटर अपरेटरको काम समेत गर्ने वडा कार्यलयका कार्यालय सहायकहरु हटाईए पछि अधिकांश वडाका काम प्रभावित भएका छन् ।
भानु नगरपालिकाले १३ वटा वडाका कर्मचारीलाई माघ १० गते पत्र लेखि अवकाश दिएको छ । अबकास बाट विस्तापित हुने कर्मचारीहरुमा वडा नम्बर १ बाट पुर्का तामाङ , वडा नम्बर २ बाट इन्दिरा श्रेष्ठ , वडा नम्बर ३ बाट सुमन श्रेष्ठ , वडा नम्बर ४ बाट गिता राना रहनु भएको छ । वडा नम्बर ६ का सुवास जैसी , वडा नम्बर ८ का भगवती माझी , वडा नम्बर १० का सुरज ढुङ्गाना , वडा नम्बर ११ का दिपेश विष्ट , वडा नम्बर १२ बाट महेश पण्डित र भानु नगरपालिकाको कार्यालयबाट मेलिना गुरुङ विस्थापित हुनु भएको छ ।
कार्यालय सहायक हटाईएपछि भानु नगरपालिकाको वडा नम्बर ६ को कार्यालय शुक्रबारदेखि बन्द छ । अर्को कर्मचारीको व्यवस्था नभई हटाईएकोले सेवा दिन नसकिएकाले वाध्य भएर कार्यालयको ढोका बन्द गर्नु परेको सो वडाका वडाध्यक्ष टिकाराम हड्खलेले जानकारी दिनुभयो ।
‘कार्यालय सचिवले कम्प्युटरको काम जान्दैछनन्’ उहाँले भन्नुभयो, ‘हामी जनप्रतिनिधीसँग पनि ज्ञान छैन कार्यालय बन्द गर्न बाध्य भयौं ।’
भानु नगरपालिका मेयर उदयराज गौलीले पुराना दरबन्दी कार्यालय सहायक छन् भने राख्ने नयाँ दरबन्दीकालाई करार मुक्त गरिदिने भन्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्णय गरेकाले करार मुक्त गरिएको जानकारी दिनु भयो । ‘तलब भक्ता खुवाउने हो भने जसले खुवाएको हो उसैले सम्बन्धित व्याक्तिले नै खुवाउनु पर्ने भन्ने पत्र आएको छ हामीले आवश्यकता भए पनि करार कर्मचारी राख्न सकिएन’ मेयर गौलीले भन्नु भयो । हाम्रो नगरपालिकामा तीनै १३ जना हुन् काम गर्ने तर तिनैलाई हटाईयो सरकारलाई काम गर्ने मान्छे नचाहिएको जस्तो भएको मेयर गौलीको भनाई छ । माघ ८ गतेको मन्त्री परिषदको निर्णयले नयाँ करारमा नियुक्त गरिएकालाई मुक्त गर्ने निर्णय गरिएकोले पत्र प्राप्त भएको मियर गौलीले जानकारी दिनु भयो । स्थायी कर्मचारी पठाउन नसक्दा एकातिर कार्यालयको काम प्रभावित भएको छ भने अर्कोतिर काम गरिरहेका कर्मचारी वेरोजगार बन्नु पर्ने समस्या भएको मेयर गौली बताउनुहुन्छ ।
भानु नगरपालिकाकी उपमेयर आशा थापा वडाहरुमा कम्प्युटर प्राविधिक कर्मचारी आवश्यक परेकोले विज्ञापन खुलाएर खुला प्रस्तिपर्धाको आधारमा नियुक्त गरिएको र अर्को स्थायी कर्मचारीको व्यवस्था नभई पनि हटाउनु भन्ने मन्त्रालयले परिपत्र गरेकोले समस्या परेको जानकारी दिनु भयो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रदेव पाण्डे सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मासिक डोर र ज्यालादारीका कर्मचारी अवकाश दिन भनिएकोले हटाईएको जानकारी दिनु भयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ को उपदफा (६) मा स्थानीय तह सेवा सञ्चालनको लागि अस्थायी दरबन्दी सृजना गर्न सकिने छैन भनि उल्लेख गरि मन्त्रालयले पत्र पठाएको छ । मन्त्रालयका उपसचिव झरेन्द्रप्रसाद चापागाईले हस्ताक्षर गरी पठाईएको पत्रमा सोही दफाको उपदफा(८)मा अन्यन्त्र जेसुकै लेखिएको भएता पनि गाउँपालिका तथा नगरपालिकाले नगर प्रहरी , सवारी चालक ,सयश , कार्यालय सहयोगी प्लम्बर , इलेक्ट्रीसियन , चौकीदार ,माली , बगैंचे र सरफाई सम्बन्धि पदमा स्थायी पदपूर्ति नगरी प्रस्पिर्धाको आधारमा सेवा करारमा लिन पाईने उल्लेख गरिएको छ ।
स्थानीय तहले करारमा पदपूर्ति गर्न नपाईने भनेकाले अवकाश दिईएको पाण्डे बताउनुहुन्छ । मासिक ,डोर , ज्यालादारी वा स्वीकृत दरवन्दी भन्द्या वाहिर अन्य रुपमा कर्मचारीहरु राखी तलब , भक्ता वा पारिश्रामिक भुत्तानी गर्न नमिल्ने लेखिएको छ । त्यस्तो कार्य प्रचलित कानुन विपरित भई वेरुजु कायम हुने हुँदा भुक्तानी गर्ने पदाधिकारीबाट असुल उपर हुने व्यहोरा सम्बन्धि सबै स्थानीय तहलाई मन्त्रालयले पठाएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बाताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here