विशेष सडक निर्माणकालागि छुट्टै आयोजना कार्यालय

विराटनगर, माघ १३ गते । प्रदेश सरकारले विशेष प्राथमिकतामा रहेको सडक निर्माण गर्न भन्दै आयोजनाकार्यालय स्थापनागर्ने भएको छ । प्रदेश मन्त्रिपरिषदको आइतवार बसेको बैठकले प्रादेशिकविशेष सडक निर्माण आयोजनाकार्यालय स्थापनागर्न स्वीकृतीप्रदानगर्ने निर्णय गरेको हो ।
प्रदेशमाप्राथमिकतामा राखेर बनाउनु पर्ने केही सडक आयोजनामार्फत समयमै निर्माण गर्ने उद्देश्यले छुट्टै कार्यालय स्थापनागर्ने निर्णय सरकारले गरेको हो । बजेट मार्फत घोषणा भएको कार्यक्रम सञ्चालनगर्न फरक कार्यालय आवश्यकनपर्ने भएपनि सरकारले झण्डै सातओटा सडक यस आयोजनामार्फत अघि बढाउने तयारी गरेको छ । तर कुनकुन सडकहरु विशेष प्राथमिकतामा छन् भन्ने विषयमाभने सरकारले जानकारी दिएको छैन ।
प्रादेशिकविशेष सडक निर्माण आयोजनाकार्यालय भौतिकपूर्वाधार मन्त्रालयमातहतमा रहने छ । कार्यालयमा एक जनाउपसचिवतथासिनियर इन्जिनियरसमेतको दरवन्दीकायमगरिएको छ ।
बैठकले उद्योग,वन,पर्यटन तथावातावरण मन्त्रालयको योजनातथाकार्यक्रम संचालनकार्यविधि २०७५ लाई स्वीकृतीप्रदानगरेको छ । सोहि मन्त्रालयको संरक्षित क्षेत्र व्यवस्थापनकार्यालय परिषद् मार्फत कार्यक्रम संचालनगर्न अनुमतिदिने निर्णय गरेको आन्तरिक मामिलातथाकानूनमन्त्रीतथाप्रदेश सरकारकाप्रवक्ताहिक्मतकुमार कार्कीले जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले सामाजिकविकासमन्त्रीजीवन घिमिरे विविधविषयअध्ययनको शिलशिलामा क्यानडा भ्रमणमा जाने प्रस्तावलाई पनि स्वीकृतीप्रदान गरेको छ । संघीय सरकार समक्ष स्वीकृतीकालागिप्रकृया अघि बढाउने निर्णय मन्त्रिपरिषदले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here