काठमाडौँ । नेपालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्ने अग्रजहरुको सम्मानमा हेटौँडामा प्रजातान्त्रिक पार्क निर्माण हुन थालेको छ । हेटौडा उपमहानगरपालिकाको वडा नं ११ स्थित शहीद स्मारकभित्र पार्क निर्माणको अन्तिम चरणमा पुगेको छ ।
सो पार्कमा प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्नुहुने प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंह, नेपाल कम्युनिष्ट आन्दोलनका अग्रज एवम् संस्थापक पुष्पलाल श्रेष्ठ र पूर्व प्रधानमन्त्री एवम् कम्युनिष्ट आन्दोलनका कुशल नेतृत्वकर्ता मनमोहन अधिकारको पूर्णकदको शालिक स्थापना गरिएको छ ।
नेपालका लोकतान्त्रिक आन्दोलन तथा राजनीतिक परिवर्तन, जनजीविकाका लागि भएका आन्दोलनमा अग्रणी एवम् नेतृत्वदायी भूमिका निर्माण गर्नुभएका चारैजनाको सम्मानमा स्मारक परिसरमा प्रजातान्त्रिक पार्क निर्माण गर्न थालिएको हो ।
पित्तलद्धारा निर्मित प्रत्येक शालिकमा १० लाख रुपियाँ गरी ४० लाख रुपियाँको लागतमा निर्माण गरिएको हो ।