इँटाको वीमा गर्न माग

काठमाडौँ । काँचो इँटाको वीमा नहुँदा हरेक वर्ष इँटा व्यवसायीले घाटा व्यहोर्नु परिरहेको छ । देशभरका साना ठूला गरी करिब पाँच सय इँटा उद्योगले पोल्नका लागि तयार पारेर राखेको काँचो इँटा पानीले बिगारेर करौडौँको क्षति व्यहोर्नु परिरहेको छ ।
सरकारले नागरिकको लगानीको रक्षा गर्नुपर्ने लोककल्याणकारी राज्यको अवधारणा अनुरुप आफ्नो काँचो इँटाको बिमाको व्यवस्था गर्नुपर्ने माग इँटा व्यवसायीले राखेका छन् ।
तराईको केही जिल्लामा छिटपुट रुपमा आउने केही मात्राको इँटा बाहेक नेपाल इँटामा आत्मनिर्भर भएको दावी व्यवसायीले गरेका छन् । राज्य नियन्त्रित एउटा पनि इँटा उद्योग नभएको अवस्थामा पूर्ण रुपले निजी क्षेत्रको लगानीमा खुलेका इँटा उद्योगले नेपालका इँटाको आपूर्ति गरिरहेका छन् ।
तराईका सबै जिल्लामा इँटा उद्योगहरु सञ्चालनमा रहेका छन् भने पहाडी जिल्लाहरुमा सुर्खेत, तनहुँ, धादिङ, काभ्रे, मकवानपुर र काठमााडौँ उपत्यकामा इँटा उद्योगहरु सञ्चालनमा रहेका छन् । इँटा व्यवसायीका अनुसार हरेक जिल्लामा अकस्मात हुने वर्षा तथा पानीले हरेक वर्ष हरेका जिल्लामा कम्तिमा १५ देखि २० करोड रुपियाँ बराबरको नोक्सानी हुने गरेको छ ।
खुला आकाशमुनि व्यवसाय गर्दा पनि सरकारले आफ्नो समस्यालाई नहेरेको व्यवसायीको गुनाशो रहेको छ ।
नेपाल इँटा उद्योग महासंघका बरिष्ठ उपाध्यक्ष शंकरबहादुर चन्दले भन्नुभयो ‘हामीले काँचो इँटाको बिमा गर्न पाउनुपर्ने माग बारम्बार सरकारसमक्ष राख्दै आए पनि अहिलेसम्म हाम्रो मागका लागि सरकार सकारात्मक हुन सकेको छैन ।’

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here