काठमाडौँ । संसदमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राखेको मागको सम्बोधन गरेको छ । नेपाली कांग्रेसका नेता स्व. गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाका नाउँमा स्थापना गरिएका अस्पताललाई संघीय सरकार मातहत राख्ने निर्णय मन्त्रीपरिषदले निर्णय गरेको छ ।
तनहुँ स्थित गिरिजाप्रसाद कोइराला स्वास प्रश्वास अस्पताल र बाँके स्थितको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सरकारले यस अघि प्रदेश सरकार मातहत राख्ने निर्णय गरेको थियो । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेपाली कांग्रेसका माग अनुसार ती दुई अस्पताललाई संघीय सरकार मातहत राखिएको जानकारी दिनुभएको छ ।