फोरजी सेवा बिस्तार हुने भयो

काठमाडौं नेपाल टेलिकमले देशभर फोरजी विस्तारको लागि र्‍यान नेटवर्कतर्फ चाइना टेलिकम्युनिकेसन सर्भिस इन्टरनेसनल र कोर नेटवर्क विस्तारको लागि चिनियाँ कम्पनी जेडटीईसँग सम्झौता गरेको छ  । फोरजी सेवा बिस्तारका लागि आज  आइतबार टेलिकम र दुई चिनियाँ कम्पनीबीच सम्झौता भएको भएको छ  ।

एक वर्षभित्र नेपालभर फोरजी विस्तार गर्ने र यसका लागि कम्पनीहरूले आफ्नो क्षमता विस्तार गर्नुका साथै टेलिकमले पनि आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम समयमा गरी सक्नुपर्ने सम्झौता भएको छ।

सम्झौतामा नेपाल सरकारको तर्फबाट गर्नुपर्ने काम टेलिकमले पूरा गर्नेछ। यसअघि नेपाल टेलिकमले देशभर फोरजी विस्तारको लागि २०७४ कात्तिक २२ गते टेन्डर आह्वान गरेको थियो । उक्त टेन्डर आह्वानमा चार कम्पनी ठेक्काको लागि प्रतिस्पर्धामा आएका थिए ।

प्रतिस्पर्धामा आएका मध्य आर्थिक हिसावमा अहिले जेडटीई र सिसिएसआई छनोट भएका हुन् ।

कोर नेटवर्क विस्तार आयोजनाको लागि आर्थिक हिसावले चिनियाँ कम्पनी जेडटीई छनोट भएको हो।

कोर नेटवर्कका लागि जेडटीईले एक अर्ब ६१ करोड र सिसिएसआईले तीन अर्व ९८ करोड टेन्डर हालेको थियो। र्‍यानमा सीसीएसआईले १७ अर्व १४ करोडमा र जेडटीईले १९ अर्बको लागत पेश गरेका छन्।

कोरतर्फ जेडटीई र र्‍यानतर्फ सिसिएसआई छनोट भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here