नेपाल टेलिकमको आम्दानी ४५ अर्ब रुपियाँ

काठमाडौँ । सरकारको समेत लगानी रहेको दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकमको आम्दानी ४५ अर्ब रुपियाँ रहेको छ ।
टेलिकमले आर्थिक वर्ष २०७४र७५ मा रु ४५ अर्ब २७ करोड बराबरको नाफा गरेको छ । आव २०७३र७४ मा रु ४४ अर्ब ५९ करोड आम्दानी गरेको थियो । कम्पनीको खुद नाफा १३।७३ प्रतिशतले वृद्धि भई आव २०७४र७५ मा रु १७ अर्ब ४८ करोड पुगेको छ भने कम्पनीको प्रतिशेयर आम्दानीमा वृद्धि भई आव २०७४र७५ मा ११६।५६ प्रतिशत पुगेको छ ।


टेलिकमले सरकारी राजश्वमा उल्लेख्य योगदान गरेको छ र आगामी वर्ष पनि सो जारी रहने उल्लेख छ । कम्पनीले आव २०७४र७५ मा कर तथा गैरकर वापत कूल रु २६ अर्ब ६५ करोड २० लाख सरकारी कोषमा योगदान गरेको छ । कम्पनीको कार्ययोजनाअनुसार आय र मुनाफामा वृद्धि हुँदा सरकारी राजश्वमा स्वतः वृद्धि हुने दावी छ । कम्पनीका अनुसार गत मङ्सिरसम्म ग्राहक सङ्ख्या दुई करोड १० लाख ९८ हजार पुगेको छ । आव २०७३÷७४ मा एक करोड ७६ लाख दुई हजार ग्राहक रहेकोमा १३।५१ प्रतिशतले वृद्धि भई २०७५ असार मसान्तसम्म एक करोड ९९ लाख ८० हजार पुगेको थियो । हाल टेलिघनत्व ७२।५० प्रतिशत पुगेको छ ।
कम्पनीले मुलुकको ७७ जिल्ला र सातै प्रदेशमा तारसहित र ताररहित सेवा तथा डाटा सेवा सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here