काठमाडौँ । एनआईसी एशिया बैङ्कले पर्वतको वारीवेनी शाखा सञ्चालनमा ल्याएको छ । शाखाको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले उद्घाटन गर्नुहुँदै बैँकले आगामी दिनमा गाउँघरमा बैकिङ सेवा पुर्याउन लागि पर्ने बताउनुभयो । यो सहित बैङ्कको शाखा संख्या २७५ पुगेको छ ।
यसैबीच एनआईसी एशिया बैङ्कले विराटनगरमा आयोजना गरेको एशिया रन फर हेल्थ दौड प्रतियोगिता छात्रतर्फ सिटि कलेज विराटनगरका सुम्रित यादव प्रथम हुनुभएको छ । त्यस्तै मेरील्याण्ड कलेजका समिर क्षेत्री दोस्रो र नगरग्राम उच्च माविका चिर्पा शेर्पा तेस्रो हुनु भएको बैङ्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

छात्रा तर्फ अर्किड कलेजकी ज्योति त्रिताल प्रथम, सिटि कलेजकी श्रीसन घिमिरे दोस्रो र अर्किड कलेजकी रंजिता माझी तेस्रो हुनु भएको थियो । पहिलो दोस्रो र तेस्रो हुने विजयी छात्रछात्राहरुलाई क्रमशः ३२ इन्चको टेलिभिजन, माइक्रोवेभ ओभन र भ्याकुम क्लिनर प्रदान गरिएको बैङ्कले जनाएको छ ।
बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विराटनगर प्लाटिनम राउण्ड टेबल ११ र विराटनगर लेडिज सर्कल–५ को सहकार्यमा हालै उक्त प्रतियोगिताको आयोजना गरेको कार्यक्रममा संयोजक विकास बेगबानीले बताउनुभयो ।