सबै निर्वाचन क्षेत्रमा स्मार्ट कृषि गाउँ निर्माण

काठमाडौँ । प्रदेश ५ सरकारले प्रदेशभित्रका सबै निर्वाचन क्षेत्रमा एउटा स्मार्ट कृषि गाउँ बनाउने योजना सुरु भएको छ । रुपन्देहीको देवदहबाट स्मार्ट कृषि गाउँ निर्माणको शुभारम्भ मंगलबाट सुरु भएको छ । सो कार्यक्रमको उद्घटान प्रदेश ५ का मूख्यमन्त्री शंकर पोखरेलले गर्नुभयो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्बाट एक निर्वाचन क्षेत्र एक स्मार्ट कृषि गाउँ सञ्चालन कार्यविधि स्वीकृत भएपछि प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले मन्त्रालयले यसको कार्यान्वयन गरेको हो । प्रदेशका ५२ निर्वाचन क्षेत्रमा एक÷एक स्मार्ट कृषि कार्यक्रम सञ्चालन गर्ने सरकारले यसअघि नै योजना अघि सारेको थियो ।
प्रत्येक स्मार्ट कृषि गाउँलाई ५० लाख रुपियाँ दिइनेछ । सोहीअनुसार स्मार्ट कृषि गाउँमा किसानले गर्ने खेती प्रणालीदेखि लिएर, किसानको उत्पादन, बजारीकरण सम्मको कार्य पूरा गर्ने गरी स्मार्ट कृषि गाउँलाई अगाडि बढाइएको हो । स्मार्ट कृषि गाउँको लागि ५२ वटै क्षेत्र छनौट कार्य सकिएको छ । अहिले ती गाउँको अवस्थाको बारेमा विस्तृत प्रतिवेदन बनाउने र कुन कुन क्षेत्रमा विकास गर्ने भन्ने विषयमा अध्ययन भैरहेको छ ।


स्मार्ट कृषि गाउँमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को प्राविधिक टोलीलाई समेत परिचालन गरिएका छन् । यस्तै कृषि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको समेत समूहले सामाजिक परिचालनदेखि लिएर त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी दिनेछ ।
सुरुवाती चरणमा छनौट भएको गाउँको माटो परीक्षणदेखि लिएर, के कस्तो उत्पादन गर्न सकिन्छ भन्ने विषयमा लगानी गरिने प्रदेश मन्त्रालयले जनाएको छ । किसानलाई व्यावसायिक रुपमा उत्पादनतर्फ डो¥याउनको लागि यो अवधारणा अगाडि बढाइएको मन्त्रालयको भनाइ छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का योजना तथा अनुगमन महाशाखा प्रमुख विनोद घिमिरेले नमुनाको रुपमा सुरुवात गरिएको गाउँबाट अन्य किसानका सिक्ने थलोको रुपमा विकास हुने अपेक्षा गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here