मदनभण्डारी राजमार्गमा नै अनियमितता ?

उदयपुर । सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको मदन भण्डारी राजमार्गको उदयपुरको सदरमुकाम खण्डमा अनियमितता भएको भन्दै यहाँका स्थानीय बासिन्दाले बिरोध जनाएका छन् । निर्माण हुँदै गरेको निर्माण कार्य पनि मापदण्ड विपरित भएको छ ।
त्रियुगा नगरपालिका–७ चुहाडे क्षेत्रमा मंगलबारदेखि सुरु सडक कालोपत्रेको काम चौडाई ११ मिटर हुनुपर्नेमा १० मिटरमात्र गर्न थालिएको छ । सो एक मिटर कालोपत्रे कम गरेर रकममा अनियमितता भएको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।


राजमार्ग निर्माणका लागि स्थानीय बासिन्दाबाट निशुल्क जग्गा अघिग्रहरण गर्दा र निर्माण सम्झौता गर्दा कालोपत्रे ११ मिटर हुने उल्लेख गरिएको भएपनि हाल १० मिटरमा मात्र कालोपत्र गरिन थालिएकोक छ । सडक कति मिटर कालोपत्रे गर्ने हो भन्ने विषयमा सडक आयोजनाबाट खटेका प्राविधिहरुले स्पष्ट जवाफ दिने गरेका छैनन् । र आयोजनाको प्राविधिक कालोपत्रे गर्ने ठाउँ छोडेर ठेकेदार कम्पनीको मान्छेमात्र रहँदा थप अन्यौलता छाएको छ ।


कालोपत्रे ११ वा १० मिटर, कति हो भन्ने जिज्ञासामा सडक आयोजनाबाट खटेका प्राविधिहरुले स्पष्ट जवाफ दिने गरेका छैनन् । किन ११ मिटरको सट्टा १० मिटर मात्र गरेको भन्दा ठेकेदार कम्पनीका प्रतिनिधिले ११ मिटर नै हुनुपर्ने भएपनि सडकले १० मिटरमात्र कालोपात्रे गर्न निर्देश गरेको जेडआईइसी, शर्मा लामा जेभी कन्ट्रक्सन ठेकेदार कम्पनीको प्रतिनिधि छिरिङ लामाले बताउँदै आएका छन् । यो घटनाले आयोजनामा अनियमितता भएको थप पुष्टि हुन थालेको छ । हाल स्थानीयले बिरोध जनाउन थालेपछि सडक आयोजनाको प्राविधिकले सो स्थान छाडेका छन् भने ठेकेदार कम्पनीका प्रतिनिधिहरुले मात्र काम गरिरहेका छन् ।

सडक निर्माणका लागि स्थानीयसंँग जग्गा लिँदा र आयोजना सम्झौता गर्दा सरकारले ११ मिटर कालोपत्रे गर्ने भनेकामा स्थानीयको आँखाछल्दै सडक आयोजना र ठेकेदार कम्पनी जेडआईइसी, शर्मा लामा जेभी कन्ट्रक्सनले मापदण्ड विपरित काम गरेको र आर्थिक चलखेल गरेको आरोप स्थानीय बासिन्दाले लगाएका छन् ।
चुहाडे चोक आसपासमा करिब एक हजार ५०० सय मिटर सडकमा कालो पत्रे गर्दा यस्तो अनियमिता देखिएको भने बाँकी भागमा कति अनियमिता हुने होला स्थानीय महेश कार्कीले भन्नुभयो । सडक कार्यालय र ठेकेदार कम्पनीले आर्थिक चलखेल गरेर सडक खुम्च्याउने काम गरेको आरोप स्थानीय बुद्धिजिबि केशब थापाको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here