इजरायली दूतावासद्वारा विद्यालयलाई सहयोग

काठमाडौँ । नेपालका लागि इजरायली इजरायली दूतावासले बुधबार काठमाडौंँको ठहिंटीस्थित शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालयका लागि खाद्यन्न सहयोग गरेको छ । इजरायलमा विभिन्न विषयमा अध्ययन गरेर फर्केका नेपाली विद्यार्थीको साझा संस्था सालोम क्लबले स्वयंसेवक दिवसका अवसरमा विद्यालयलाई सहयोग गरेको काठमाडौँस्थित इजरायली दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
विद्यालयलाई प्लाष्टिक मुक्त बनाउनका लागि विद्यायको प्राङ्गण सरसफाइ, रङरोगन गर्नुको साथै विद्यार्थीहरूलाई एक वर्षको खानाको व्यवस्था गर्नका लागि दाल र चामल प्रदान गरिएको थियो ।
सोही अवसरमा नेपालका लागि इजरायलका राजदूत बेन्नी ओमेरले मानव समाजमा उत्कृष्ट र दीर्घकालीन लगानी भनेको बालबालिकालाई उचित शिक्षा प्रदान गर्नु नै भएको बताउनुभयो । बालबालिकामा गरिएको लगानीले भावी पुस्ताको साथै मुलुकको भविष्य पनि राम्रो बन्ने धारणा राख्नुभयो ।

काठमाडौँं महानगरपालिका वडा नं. १७ का अध्यक्ष नवीन मानन्धरले राजदूतावासको कर्मचारी तथा क्लबबाट खानाको व्यवस्था गरिदिएकोमा आभार प्रकट गर्नुभयो । कार्यक्रममा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत राजदूत डा. अन्जना शाक्य पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here