बझाङमा अवैध जडिबुटी प्रहरीद्धारा बरामद

बझाङ । सदरमुकाम चैनपुरको चौगाउँ टोलबाट अवैधरुपमा संकलन गरि लुकाएर राखेको सेतो चिनी ( धिरौला) बिहिबार दिउँसो प्रहरीले बरामतद गरेको छ ।
स्थानीय रवि पुजाराको घरमा गोदाम भाडामा लिएर बसेका दार्चुला जिल्ला अपि हिमाल गाउँपालिका – ४ घर भएका शेरसिंह धामीले लुकाई राखेको सो सेतो चिनी सुराकीका आधारमा प्रहरीले बरामद गरेको हो ।

दार्चुला जिल्लाबाट यहाँ आएर जडिबुटी ब्यापारीका रुपमा नाम कमाएका धामीले गोदाममा लुकाएर राखेका ११ बोरामा ७१५ किलो सेतो चिनी प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रविण धितालले जानकारी दिनुभयो ।
बरामद गरेको सेतो चिनी सहित जडिबुटी ठेकेदार धामीलाई पनि पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालयमा पठाएको छ । संकलन जडिबुटीको कुनै कागजपत्र नभएको भेटिएपछि उहाँ सहित सामान बरामद गरिएको प्रहरीले दावी गरेको छ ।

जिल्लाका बिभिन्न सामुदायिक बनबाट संकलन गरि बाहिरी जिल्ला पठाउनका लागि भण्डारण गरिएको धामीले बयान दिएका छन् । डिभिजन वन कार्यालयले ५० क्विन्टल र सामुदायिक वनले ३५० गरि चार सय क्विन्टल सेतो चिनीको संकलन पूर्जी दिने प्रावधान भएको तर पूर्जी नभएको कुनै पनि चिज गैर कानूनी भएको डिभिजन बन कार्यालयका निमित्त प्रमुख कर्णबहादुर खातीले जानकारी दिनुभयो ।

यो जिल्लामा ३० हजार भन्दा क्विन्टल संकलनका लागि अनुमति दिइएको छ । सदरमुकाम बाहिर पनि गैर कानूनी रुपमा सेतो चिनी सहितको कैयौँ परिमाणमा जडिबुटी संकलन गरेर राखिएको प्रहरीले दावी गरेपनि वन कर्मचारीको मिलोमतो हुँदा पक्राउ गर्न नसकिएको पनि प्रहरीले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here