शिवम् सिमेन्टको लक्की ड्र सार्वजनिक

काठमाडौँ । नेपालको प्रतिष्ठित सिमेन्ट उद्योग शिवम् सिमेन्टको लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा उपभोक्ता योजना अन्तर्गत पुनः तेस्रो चरणको ६० भाग्यशाली कुपन विजेतामार्फत १२० जना विजेताको नाम लक्की–ड्र गरी खोलिएको छ ।

यस अघिनै पहिलो र दोस्रो चरणको लक्की–ड्र गरी २४० जना छनौटमा भइसकेका छन् । यस योजनाअन्तर्गत भाग्यशाली विजेताले काठमाडौं–गोसाइकुण्ड–काठमाडौं हेलिकप्टरमार्फत देवदर्शन गर्ने अवसर प्राप्त गर्नेछन् ।

तेस्रो चरणको लक्की–ड्र अन्तर्गत शिवम् सिमेन्ट्सले आफ्नो आधिकारिक फेसबुक पेज मार्फतप्रत्यक्ष प्रसारण गरी जनकपुरबाट उक्त विजेताको नाम सार्वजनिक गरिको थियो । यस अघिनै काठमाडौं र हेटौंडामा भएको लक्की–ड्र मा २४० जना भाग्यशाली विजेता छनौट गरिनुका साथै अधिकांश विजेताले हेलिकप्टरमार्फत गोसाइकुण्ड देवदर्शन यात्रा गरिसकेका छन् ।

यस योजनामा हालसम्म १८० कुपनमार्फत ३६० जना छनौट भइसकेका छन् । अझै १२२ जनाका लागि हेलिकप्टरबाट गोसाईकुण्ड देवदर्शन यात्रा जित्ने मौका बाँकी रहेको कम्पनीले जनाएको छ । शिवम् सिमेन्टले यही पुस ५ गतेदेखि लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा भन्ने उपभोक्ता योजना सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here