काठमाडौं । अग्नि ग्रुपले महिन्द्रा गाडीका बजार बिस्तार गर्ने जारी राखेको छ । पछिल्लो चरणमा पूर्वी नेपालको ओखलढुङ्गामा आफ्नो आधिकारिक नयाँ शो रुमको स्थापना गरेको छ ।
कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापित रुम्जाटार अटो मोबाइल्सले यस आसपासका क्षेत्रमा आफ्नो गुणस्तरीय एवं आधिकारिक सेवा प्रदान गर्नेछ ।
सोरुमको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश सभासद् अम्बिरबाबु गुरुङ र कम्पनीका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले गर्नुभयो । रुम्जाटार अटोमोबाइल्सबाट जेन्युन पार्ट पाइनुका साथै बिक्री एवं विक्री पछिको सेवा प्रदान गरिने कुरा शोरुमका प्रबन्ध निर्देशक श्रीराज घलेले बताउनुभयो ।
स्थापना गरिएको सोरुमबाट आफ्ना सम्पूर्ण रेन्जका फोर ह्विल सवारी, सर्भिसिङ् तथा जेन्युन स्पेयर पार्ट उपलब्ध हुने जनाइएको छ । ओखलढुङ्गास्थित नयाँ शोरुम तथा सर्भिस सेन्टरले ओखलढुङ्गा तथा आसपासका वासिन्दालाई न्यूनतम मूल्यमा कम्पनीको गुणस्तरीय सेवा तथा सुविधा पाउने विश्वास कम्पनीले लिएको छ ।