नाङ्गा बाबालाई ५० हजार केजी दाउरा

काठमाडौँ । यस पटकको महाशिवरात्रीमा सहभागी हुने बाबाका लागि सरकारले ५० हजार केजी दाउरा पोल्ने योजना बनाएको छ ।

वन तथा वातावरण मन्त्रालय मातहत रहेको टिम्वर कर्पाेरेशनले पशुपति गुठी गोश्वारा कार्यालयलाई शिवरात्री पर्वमा धुनी जगाउन ५० हजार किलो दाउरा दिने भएको छ ।
महाशिवरात्री पर्व आउन तीन साता बाँकी रहँदा पशुपतिमा आउने नाङ्गा बाबालाई आगो ताप्नका लागि सो परिमाणमा दाउराको व्यवस्थापन गरिएको हो ।

त्यसैगरी बाबाका लागि गुठी संस्थानले साधुको भोजन तथा विदाइ खर्च गर्न ३२ लाख रुपियाँ छुट्याएको जनाएको छ भने पशुपति क्षेत्र विकास कोषले ५४ लाख रुपियाँ यस अघि नै विनियोजन गरिसकेको छ ।

कम्तिमा एक हप्ता अघि नै पुग्ने नाङ्गा बाबालाई २४ घण्टा धुनी जगाउन दाउरा दिने गरिएको छ भने फलफूल, खिचडी, दही, पुरी र चियापानको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here