निलगाई मारियो

गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ स्थित वनमा एउटा निलगाई मारिएको छ ।

महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जलेश्वर नपा–४ स्थित मुसहरी टोल नजिकैको वनमा आइतबार राति गाई मारिएको अवस्थामा फेला परेको हो ।

खबर पाएपछि पर्सापतैलीस्थित प्रहरीचौकीबाट आइतबार राति नै खटिगएको प्रहरी टोलीले जलेश्वर नपा–४ बस्ने १५ वर्षीय सरफराज अन्सारीलाई पक्राउ गर्नाका साथै सो घटनामा सम्लग्न अन्य व्यक्तिको खोजतलाश भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here