मलमूत्र व्यवस्थापनका लागि सात करोेड

काठमाडौँ । मानव मलमूत्र व्यवस्थापन नहुँदा वातावरणीय प्रदुषण बढेको भन्दै एसियाली विकास बैँकको सहयोगमा मलमूत्र व्यवस्थापन योजना सुरु भएको छ ।

झापाको मेचीनगर–१४ स्थित दुहागढीमा मानव मलमूत्र व्यवस्थापन गर्ने उद्देश्यले सात करोड रुपियाँ बढीको लागतमा मानव मलमूत्रीय फोहरो व्यवस्थापन प्रशोधन केन्द्र निर्माण कार्य भइरहेको छ ।

एशियाली विकास बैंक (एडिबी) को ८० प्रतिशत अनुदान र स्थानीय तहको १५ प्रतिशत लागतमा प्रशोधन केन्द्रको निर्माण भइरहेको छ । सन् २०१७ डिसेम्बरमा धनुषाको रमन कन्स्ट्रक्सनले रु सात करोड ६८ लाखमा सन् २०१८ को डिसेम्बरमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । तर, सो समयावधिमा निर्माणकार्य सम्पन्न नभएपछि दोस्रो पटक म्याद थपेर काम भइरहेको छ ।

खानेपानी तथा ढल निकास विभागका अनुसार नेपालमै पहिलोपटक मानव मलमूत्रलाई प्रशोधन गरेर प्राङ्गारिक मल बनाउन लागिएको हो । नगरपालिका र गाउँपालिकाबाट निस्किने कुहिने प्रकृतिको फोहर ३० प्रतिशत र ७० प्रतिशत मलमूत्र प्रशोधन गरेर निस्किएको लेदो मिसाएर प्राङ्गारिक मल बनाउने तयारी भइरहेको छ ।

हाल ९० प्रतिशत काम पूरा गरिसकेको छ भने प्रशोधन केन्द्रमा विर्तामोड नगरपालिका, मेचीनगरका वडा नं ११, १२, १३ र १४ र बुद्धशान्ति गाउँपालिका क्षेत्रको मानव मलमूत्रको उचित व्यवस्थापन गरिनेछ । आगामी चैत १ गतेबाट प्रशोधन केन्द्र सञ्चालनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here