कैलालीमा दुईवटा सवस्टेशन एकै दिन उद्घाटन

काठमाडौँ । बिजुली आउने जाने समस्याबाट पीडित हुँदै आएका कैलालीबासीले अब गुणस्तरको बिजुली उपभोग गर्न पाउने भएका छन् ।

कैलालीको पहलमानपुर र हसुलियामा सव स्टेशन निर्माण भएपछि कैलालीको उपभोक्ताले गुणस्तरीय बिजुली पाउने भएका हुन् । बुधवार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले पहलमानपुरको १३२/३३ केभी प्रसारण लाइन उद्घाटन गर्नुभएको छ ।

त्यसैगरी ३३ केभीको प्रसारण लाइनको पनि बुधवार नै उद्घाटन गर्नुभएको छ । सव स्टेशन परियोजनाका प्रमुख नवराज ओझाका अनुसार ३३ केभीका चार वटा फिडर सञ्चालनमा भएपछि मध्य र दक्षिणी कैलालीका बासिन्दालाई गुणस्तरको बिजुली आपूर्ति हुने भएको छ ।

पहलमानपुर सव स्टेशन २८ करोड रुपियाँ लागतमा निर्माण भएको परियोजना प्रमुख ओझाले बताउनुभयो । आर्थिक वर्ष २०७२/२०७३ मा निर्माण सुरु भएको सव स्टेशनको आर्थिक वर्ष २०७४/२०७५ मा निर्माण सम्पन्न भएको छ ।

उद्घाटनका क्रममा मन्त्री पुनले सबैको घरमा बिजुली पुर्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here