उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याउने तयारी

ताप्लेजुङ । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन भएका सातैजनाको शव सदरमुकाम सुकेटार विमानस्थल ल्याइसकिएको छ । नेपाली सेनाको टोलीले बिहीबार बिहान यहाँ ल्याइपुर्‍याएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित विमानमा सवार सातजनाको निधन भएको थियो। नचिनिने अवस्थामा रहेका शव सेनाको हेलिकप्टरबाट सुकेटार विमानस्थल ल्याइएको हो ।

खराब मौसमका कारण अन्य तीनवटा शव सुकेटार विमानस्थलमा ल्याउन सकिएको थिएन। बुधबार रातभर हिमपात परे पनि ताप्लेजुङका डीएपी सञ्जयसिंह थापाको नेतृत्वमा घटनास्थलमा नै प्रहरी बसेको थियो ।

पाथिभरा दर्शन गरेर काठमाडौंका लागि उडेको मन्त्री सवार हेलिकप्टर फुङलिन नगरपालिका १० साविक फुरुम्बु गाविसको मयाम सिरानस्थित तारेढुंगा भीरमा दुर्घटनाग्रस्त भएको हो। क्याप्टेन प्रभाकर केसीले चलाएको एयर डाइनेस्टीको एमआई एयरबस हेलिकप्टर मन्त्री अधिकारीसहित सात यात्रुलाई लिएर तेह्रथुमको चुहानडाँडास्थित निर्माणाधीन एयरपोर्ट अवलोकन गएका थिए। ताप्लेजुङमा बुधबार दुर्घटनामा परि निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याउने तयारी गरिएको छ।

मुचुल्का गर्ने काम सकिए पनि ताप्लेजुङको मौसम सुधार नभएकाले शवहरुलाई काठमाडौं पठाउन केही समय लाग्ने प्रमुख अधिकारी अनुज भण्डारीले जानकारी दिएका छन्।

ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र अधिकांश क्षेत्रमा कुहिरोले ढाकिरहेको छ। हिजो मन्त्री अधिकारीसहित सातजना चढेको डाइनेस्टी एयरको हेलिकप्टर सिस्नेभीर नजिकै दुर्घटनाग्रस्त हुँदा सबै सातजनाको निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here