मन्त्रीले नै आफ्ना सुराकी छन् भनेपछि …(भिडियो सहित )


काठमाडौँ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले आफ्ना मातहतका निकायका कर्मचारीका काम कारवाहीका बारेमा बुझ्नका लागि आफ्नो छुट्टै संयन्त्र रहेको दावी गर्नुभएको छ ।

बर्दियामा सञ्चालन भएको वार्डेन सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले भन्नुभयो, राजनीतिक व्यक्तिका सबैतिर नेटवर्क हुन्छन् । कर्मचारीको रिपोटिङ भन्दा फिल्डस्तरका गतिविधि अरु विधिबाट छिटो हामी कहाँ आइपुग्ने गरेका छन् । त्यसैले फिल्ड स्तरमा गम्भीर भएर काम गर्नुहोस् । तपाईहरुका सबै गतिविधिको छिटो रिपोर्ट प्राप्त भइराखेको हुन्छ । गल्ती गर्नेलाई छुट छैन ।

उहाँले फिल्डस्तरमा हुनु पर्ने काम नहुने गरेको तर नहुने काम भइरहेको भन्दै कर्मचारीलाई शुसासन गम्भीर हुन निर्देशन दिनुभयो । कार्यक्रममा अधिकांश समय कर्मचारीको उछिट्टो खेद्न खर्च गर्नुभएको मन्त्री बस्नेतले आफुले भनेको जुनसुकै कुरा पनि कर्मचारीले मान्नु पर्ने र गर्नु भने समेत निर्देशन दिन पछि पर्नु भएन ।

पूर्व मन्त्री तथा पत्नी सत्या पहाडीका साथ बर्दिया पुग्नु भएका मन्त्री बस्नेतले कार्यक्रममा उपस्थित नगरप्रमुख र सचिव डा. ओलीलाई बाइपास गर्दै पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा पत्नीलाई अघि सार्दा उपस्थित जनप्रतिनिधि तथा सञ्चारकर्मीले टिप्पणी समेत गरेका थिए ।

थप उहाँको शब्दमा भिडियो मार्फत

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here