धनगढी । टिकापुर घटनाका आरोपित रेशम चौधरी सहित अन्य ११ जनाको जन्मकैदको फैसला सुनाइएको छ ।
कैलाली जिल्ला अदालतले बुधवार गरेको फैसेलामा सो निर्णय सुनाइएको हो । अदातलद्धारा सूचनाका लागि जारी गरिएको सूचना प्रति अनुसार रेशम सहित अन्य कसुरदार ११ जनालाई जन्मकैद र अर्का नावालक श्रवण चौधरीलाई १० वर्ष कैद हुने निर्णय गरिएको छ ।
सो घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरिक्षक सहित एक जना दुधे बालक र अरु निर्दोष स्थानीय व्यक्ति र प्रहरी जवान सहित नौ जना मारिएका थिए ।
अदातलद्धारा जारी सूचना पत्र