काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली केही दिन यता सार्वजनिक कार्यक्रममा खासै देखिन छोड्नु भएको थियो । दैनिक जसो प्रधानमन्त्रीलाई मूख्य अतिथि बनाउने होडबाजी चलिरहने हाम्रो जस्तो मुलुकमा प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा जान छोडेपछि अनेकौँ टिप्पणी हुन थालेका थिए ।
यही क्रममा प्रधानमन्त्री ओलीले बुधवार त्रिबि टिचिङ अस्पतालमा नियमित स्वास्थ्य परिक्षण गराउनु भएको छ । सो परिक्षणमा प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य रहेको जनाइएको छ ।