टिकापुर घटना फैसलाको: अपडेड

काठमाडौँ । दुई वर्षीय बालक, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरिक्षक लक्ष्मण न्यौपाने सहितको हत्याका आरोपी संघीय संसदका सांसद रेशम चौधरी सहितको फैसला बुधवार कैलाली जिल्ला अदालतले गरेको छ ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणमा परी नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र २ वर्षका बालक टेकेन्द्र साउदको पनि मत्यु भएको थियो । सो घटनामा संलग्न ११ जनालाई जन्मकैद सुनाइएको छ भने निर्दाेष देखिएका तीन जनालाई सफाइ दिइएको छ ।

२०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डको मुद्दाको फैसलाले ती व्यक्तिले आगामी २०९४ साल फागुन ११ गतेसम्म जेलमा बस्नुपर्ने छ ।

लक्ष्मण चौधरी, लाहुराम चौधरी, दुई नाबालक गरी १५ जनालाई रिहा गर्न आदेश दिएको अदालतका श्रेस्तेदार इन्द्र कठायतले जानकारी दिनुभएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासमा सो मुद्दाबारे वादी र प्रतिवादी पक्षका कानून व्यवसायीबीच मंगलबार बहस सकिएपछि मुद्दाको फैसला गरिएको हो।

गत बुधबारदेखि तोकिएको पेशी अन्तर्गत एक सातासम्म वादीतर्फबाट जिल्ला न्यायाधीवक्ता विष्णु पौडेल र सहायक न्यायाधीवक्ता लक्ष्मी शर्माले बहस गरेका थिए भने प्रतिवादी तर्फबाट वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, अधिवक्ता हरि फुँयाल, गंगाराम पाध्याय, मिलन राई र गजेन्द्र केसी लगायतका कानुन व्यवसायीहरुले बहस गरेका थिए।

टीकापुर हत्याकाण्डको अभियोगमा प्रतिनिधिसभामा निर्वाचित सांसद रेशम चौधरीसहित ५८ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी अन्तर्गत मुद्दा दायर भएको थियो।
सांसद रेशम चौधरी, माओबादीबाट आर्थिक अनियमितताको कारवाहीमा परेर फोरममा प्रवेश गरेका लक्ष्मण थारु, लाहुराम चौधरीसहित २७ जना हाल पुर्पक्षको लागि थुनामा छन्। बाँकी फरार अवस्थामै छन्।

पक्राउ परेकामध्ये दुई नाबालकलाई पोखरास्थित बाल सुधार गृह, सांसद रेशम चौधरीलाई काठमाडौँको डिल्लीबजारस्थित सदरखोर कारागारमा र बाँकीलाई कैलाली कारागारमा राखिएको थियो । टीकापुर हत्याकाण्डको मुख्य योजनाकार रहेको आरोप लागेका सांसद रेशम चौधरीले घटना लगत्तै फरार भएका थिए। उनले फरार रहेकै अवस्थामा टीकापुरबाटै गत वर्ष मंसिरमा भएको चुनावमा प्रतिनिधिसभा सदस्यमा २० हजार ९ सय ३५ मतको फराकिलो अन्तरले विजयी भएका थिए।

रेशमले चुनाव जितेपछि गत वर्षको फागुन १४ गते जिल्ला अदालत कैलालीमा रेशमले आत्मसमर्पण गरेका थिए। उनलाई पौष १९ गते मात्रै सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा सदस्यको शपथ खुवाएका थिए।
घटनामा मृत्यु भएकाहरु
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपाने
नेपाल प्रहरीका प्रहरी निरीक्षक बलराम विष्ट
नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहोरा
सशस्त्र प्रहरी हवल्दार रामबिहारी थारु
सशस्त्र प्रहरी सहायक हवल्दार ललित साउद
प्रहरी जवान लक्ष्मण खड्का
प्रहरी जवान लोकेन्द्र चन्द
दुई वर्षीय बालक टेकबहादुर साउद

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here